गिता भट्टराई
चैत्र २५, गल्याङ
गल्याङ महोत्सवको आधार कृषि,उद्योग पर्यटन नै हाम्रो पुर्वाधार भन्ने नारा सहित तेस्रो गल्याङ औद्योगिक ,व्यापार तथा कृषि महोत्सव २०८० हुने भएको छ । यहि चैत ३० गते देखि २०८१ बैशाख ९ गते सम्म तल्लो गल्याङमा रहेको खेलमैदानमा तेस्रो गल्याङ महोत्सव २०८० हुने आयोजक गल्याङ उद्योग वाणिज्य संघले शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो।
महोत्सवमा स्थानीय उत्पादन ,जातिय र संस्कृतिक भेषभुषा प्रदर्शन, पर्यटकिय क्षेत्रको प्रर्वद्धन, स्थानिय प्रतिभाको प्रस्फुटन लगाएतको विकास र प्रर्वद्धन गर्ने उदेश्य सहित महोत्सव आयोजना गर्न लागिएको गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोलराज श्रेष्ठ(धुर्व)ले जानकारि दिनु भएको हो। महोत्सवमा गल्याङको उत्पादन दूध र तरकारीको व्यवसायीक प्रर्दशनी, कृषिमा आधुनिकिकरण सहितका कृषि औजारको प्रर्दशनी ,गल्याङ डान्स आइडल र संस्कृति संग सम्बन्धित रत्यौति प्रतियोगिता महोत्सवको अर्को आकर्षण हुने संघका पुर्व अध्यक्ष यज्ञ प्रसाद अर्यालले वताउनु भयो।
यस्तै ,महोत्सवमा मनोरञ्जनका लागि बाल उद्यान, सांस्कृतिक मञ्च र समारोह विभिन्न व्यवसायीक स्टल तथा कृषि प्रर्दशनी, बिभिन्न जातिय झाँकि तथा भेष भुषा प्रर्दशनी, प्रयर्टनकिय क्षेत्रको आर्थिक तथा व्यवसायिक प्रर्वद्धन र गल्याङ क्षेत्रको विकासकालागि लगानी भित्र्याउन सक्ने योजनाका बिषयमा समेत महोत्सवले टेवा पुग्ने गल्याङ उद्योग वाणिज्य संघका सचिव उमा श्रेष्ठले जानकारि दिनु भयो ।
महोत्सवमा करिब ५५ लाखको अनुमानित आय व्याय प्रस्ताव गरेको साथै महोत्सवमा दैनिक १० हजार दर्शकले मेलाको अवलोकन गर्ने प्रचार प्रसार संयोजक बिस्नु अधिकारिले वताउनु भयो । महोत्सवमा १ सय ४० वटा स्टल रहने र त्यो मध्ये २० वटा स्टलहरु कृषिका लागि निशुल्क व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
महोत्सव चैत्र ३० गते संघको स्थापना दिवस एंवम नँया बर्षको अवसर संगै विद्यार्थीहरुको शैक्षिकसत्र सकिएर विदाको समय पारेर सञ्चालन गर्न लागिएको संस्थाका संस्थापक अध्यक्ष लेखनाथ भट्टराईले जानकारि दिनुभयो ।