चैत्र२५,पाल्पा
नयाँ बर्षको अवसरमा पुर्वखोला गाउँपालिका २ जल्पाको खेल मैदानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । जनसेवा युवा समुहले प्रतियोगिता गर्न लागेको हो । प्रत्येक बर्ष जस्तै यस बर्ष पनि खुला भलिवल प्रतियोगिता हुने भएको समुहका अध्यक्ष तुल्सा बस्यालले बताउनु भयो । चैत्र ३० गतेबाट हुने भलिवल प्रतियोगितामा प्रथम पुरस्कार नगद रु.५० हजार मेडल र प्रमाणपत्र,दोस्रो पुरस्कार नगद रु. ३० हजार मेडल र प्रमाणपत्र,तेस्रो पुरस्कार नगद रु.२० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने बस्यालले बताउनु भयो । प्रतियोगितामा स्थानिय स्तरका कलाकारहरुको प्रस्तुति रहने बस्याले जानकारी दिनुभयो । खेल यही चैत्र ३० गते उद्घाटन हुने र खेलका दर्तालागि अन्तिम दिन चैत्र ३० गते दिउसो २ बजे भित्र गरीसक्नु पर्ने संयोजक रनविर बराल्ले जानकारी दिनु भयो ।