चैत्र १५, पाल्पा
हत्यामा संलग्न लप्सीखोलावाट एकजना प्रक्राउ परेका छ । मंगलबार विभत्स हत्या गरी खरवारीमा फालिएको अवस्थामा भेटिएकी ख्याहा पाल्पाकी १९ वर्षिया पद्मा सुनारको हत्यामा संलग्न रहेको आरोपमा रिब्दीकोट गाउँपालिका १ ख्याहाको कराङ्दी स्थित लप्सीखोलाका १९ वर्षिय सागर नेपाली भनिने देवालाल सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पद्माको मंगलबार दिउँसो १२ बजेको समयमा हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पद्मा घर नजिकैको धारामा नुहाउन जादा सोही धारामा सागर र पद्मा विच सामान्य विवाद भएको थियो । विवादपछि धोएका लुगा डोकोमा बोकी घर फर्किदै गर्दा पद्मालाई पछाडिबाट धारिलो हतियार प्रहार गरेको खुलेको जिल्ला प्रहरीकार्यालय पाल्पाले जानकारी दिएको हो ।
सागरको धारा नजिकै एक्लो घर रहेको र घटना पछिनै प्रहरीले उनीमाथि सङ्कागरी सुक्ष्म अनुसन्धान जारी राखेको थियो । शुक्रबार दिउँसो उनको घरतलास गर्दा मृतकको मोबाईल, रगत लटपटिएको कपडा र खुर्पा भेटिएको हो ।
मंगलबार बिहान सवा ९ बजे तिर नुहाउन गएकी पद्मा दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि आमा र भाईले खोजी गरेका थिए । खोजी गर्ने क्रममा घरभन्दा केही पर बाटोमा उनले बोकेको डोको, बाल्टिन,बाटा र भुईमा फालिएको कपडा फेला परेको थियो । बाटोभन्दा केही तल खरबारीमा उनको शव क्षतविक्षत अवस्थामा थियो ।
शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय
पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनु भयो।