चैत्र १५,पाल्पा
पुर्वखोला गाउँपालिका २ जल्पा बजारक्षेत्र ढलान गर्ने कार्य अगाडि बढीरहेको छ । ढलान गर्ने कार्यले पुर्वखोला गाउँपालिका वडा नं. २ जल्पाको ढोलिमारा, मैदान , अर्किडाँडा ,साठीकोल र बाहादुरपुरको जनतालाई आवत जावतमा समस्या भएको छ । बैकल्पिक सडक नबनाई बजार ढलान गर्दा समस्या उत्पन्न भएको हो ।
भानुमाता कन्ट्रसन प्रा.लि.ले ठेक्का पाएको उक्त सडकमा दिनौ सयौ यात्रु आवतजाव गर्दै आहिरहेको र अहिले ४० दिन सम्म बैकल्पीक बाटो बिना बन्द हुदा यात्रु तथा स्थानीयहरु मर्कामा परेको जनगुनासो आईरहेको छ।
पहिले बैकल्पिक सडक खोलेर बजार ढलान गर्ने माग गरे पनि बैकल्पिक सडक नखोलिकन बजार ढलान हुन लागेको ढोलिमारा, मैदान साठीकोल अर्किडाडा साथै बाहादुरपुरका जन्ताको जनगुनासो रहेको छ ।
विकासका निर्माण काम अगावै बैकल्पिक सडक खोलि अतिआवश्यक विरामी मात्रै भए पनि आबत जाबत गर्न सडक एक तर्फी निर्माण गरिदिन इवन ढेगाले अनुरोध गरेका छन् ।
सडक पुर्वधार विकास कार्यालय पाल्पाले सहजिकरण गरि ढलान गर्न भने पनि वडा र ठेक्का कम्पनिले नमानेको स्थानीय बासि झनक ठाडाले बताएका छन् ।प्रदेशबाट विनियोजित ३० लाख रकमबाट ढलान गर्न बजेट छुटाइएको हो ।













