चैत्र,१६ पाल्पा
पाल्पा, रिब्दीकोट गाउँपालिका १ ख्याहाकी १९ बर्षीय पदमा सुनारको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा रिब्दीकोट १ ख्याहा स्थित लप्सीखोलाका १९ बर्षीय सागर सार्की रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो । पदमा सुनार आफ्नो घर देखि केही पर विहान ९ बजेको समयमा लप्सिखोलामा कपडा धन,नुहाउन गएको अबस्थामा सागर सार्की सगं विवाद भइको थियो । विवाद पछि आफुले धोएका कपडा डोकोमा बोकेर अन्दाजी १२ बजेको समयमा घर फर्किँदै गरेकी पद्मालाई सागर सार्कीले आफ्नो रिस थाम्न नसकेर पछाडिबाट धारिलो हतियार (खुर्पा) प्रहार गरेर मृत्यु गराईएको श्रेष्ठले जानकारी दिनुभयो । रीब्दीकोट १ ख्याहा स्थित कराम्दी जाने बाटो देखि तल खरबारीमा पदमाको टाउको,घाटी,हातमा पटक पटक गरी काटेर मृत्यु अबस्थामा फेला पारी पारेको श्रेष्ठले बताउनुभयो । प्रहरीले खोजतलासि गर्दा धारीलो हतियार(खुर्पा),हत्या गर्दा हत्याराले लगाएको कालो जिन्स पाइन्ट,रातो टिसर्ट,रातो रंगको खादा,एक जोर कालो चप्पल,मोवाईल ग्लास,मोवाईल जस्ता सामानहरु भेटाई जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ । शव परिक्षणको लागि लुम्बिनी प्रदेशीक अस्पताल बुटवल पठाईएको जिल्ला प्रहरी कार्यलय पाल्पाका नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो ।













