
चैत्र १५,पाल्पा
आजवाट एसईई परिक्षा सुरुभएको छ । देशैभरिवाट परिक्षा ५ लाख ४ हजार ४ सय १४ जना विद्यार्थी सहभागी रहने माध्यमिक शिक्षा परिषदले जनाएको छ । आज पहिलो दिन सहभागी विद्यार्थीहरुले अनिर्वाय अग्रेजीको परिक्षा दिदैछन् ।
पाल्पाबाट यो वर्ष १ सय ३८ विद्यालयका ४ हजार १ सय ८२ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा सहभागी भएका छन्। जिल्लाभरका सामुदायिक विद्यालयबाट ३ हजार ६सय ९५ जना र संस्थागत विद्यालयबाट ४सय ८७ जनाले एसईई परीक्षा दिदैछन् ।
तीमध्ये दुई हजार १८ जना छात्र र दुई हजार १६४ जना छात्रा रहेको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले जनाएको छ । यो वर्ष नियमित तर्फ ४ हजार १० जना र ग्रेड वृद्धिका १७२ जना विद्यार्थी परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ पाल्पामा प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । त्यसमध्ये दमकडा माविका एक जना दृष्टिविहीन र पाल्पा कारागारका एक जना परीक्षामा सहभागी हुने छन् ।
गत वर्ष २०७९ मा पाल्पाबाट ४ हजार ५सय ४६ जनाले एसइइ परीक्षा दिएका थिए । यो वर्ष गत वर्षको तुलनामा ३६४ जना कम विद्यार्थी एसइइमा सहभागी रहनेछन् । परीक्षा मर्यादित बनाउन ४ सय १० सुरक्षाकर्मी सहित ७०० बढी जनशक्ति खटाइएको सुवेदीले जानकारी दिनुभयो । विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । आजवाट सुरुभएको एसईई चैत्र २७ गते सम्म चल्ने छ ।

