माधब पाण्डे,
पाल्पा १३, चैत्र
होली पर्वलाई ठाउँ अनुसार विभिन्न परम्परा अनुसार मनाउने गरिन्छ । कुनै कुनै ठाउमा रंङ्ग, लगाएर मात्र होली पर्व मनाउने गरिन्छ भने कुनै ठाउँमा लोला वा पानीमा रङ घोलेर साथिहरुसंग रमाईलो गरेर मनाईन्छ । पाल्पाको पुर्वखोला गाउँपालिका वडा नंं २ जल्पामा परम्परागत फागु गित गाउँदै ,नाच्दै मौलिक कला संस्कृतीले सामुहिक रुपमा पन्चेवाजा बजाएर होली विषेश कार्यक्रम मनाइएको थियो। होली पर्वको अवसरमा पन्चेबाजा बजाएर समुहमा उठेको रकम बाट ५० % मिर्गौला पिडित , मैदान गाउको सडक बत्ति, स्कुल साथै अर्थिक विपन्न परिवारलाई सहयोग गरिने यसै समुहका सन्चालक रनविर बरालले बताउनु भयो ।
पुर्वखोला गाउपालिका वडा नं.२ जल्पाको वडाहरुमा जल्पावासीहरु एक आपसमा रंङ्ग अविर लगाएर फागु नाचँ नाच्दै मौलिक कला संस्कृती जोगाउने अभियानामा लागेको वडा सदस्य खेम बहादु् घर्तिले बताउनुभयो ।गाउँ घर तिर आफ्नै भाष शैलिमा होली गित गाउने,नाच्ने प्रचलन रहेता पनि पछिल्लो समयमा यस्ता प्रचलन हराउदै गएको जल्पाली पन्चेबाजाका अध्यक्ष तिल सिङ घर्तिले बताउनुभयो ।
परम्परागत फागु नाचको जानकारी युवा पुस्तालाई थाहा नहुदा कला संस्कृती नै लोप हुने अवस्थामा पुगेको छ । बुढापाका संगै युवा पुस्ताहरु फागु नाचमा रमाउदै परम्परागत कला संस्कृतीलाई जोगाउन पन्चेबाजासमुहमा सहभागी भएको घर्तिले बताउनुभयो ।













