पाल्पा, १३ चैत्र
मंगलवार विहान अन्दाजी ८ बजेको समयमा रैनादेवी छहराको बेलाघाटबाट तिनजना भरुवा बन्दुकमा प्रयोग हुने छर्रा सहित पक्राउ परेका छन् । उनीहरुलाई बेलवास बाट खटिई गएको प्रहरीले नियन्त्रणमा लिएको हो । सोधपुचको क्रममा रैनादेवी छहरा गाउँपालिका ७ धावा बस्ने बर्ष २४ को बुद्ध बहादुर भन्ने रमेश कुमालको घरमा भरुवा बन्दुक रहेको भनी खुल्न आएकोमा कुमालकोे घरमा खोज तलासि गर्ने क्रममा एक नाले बन्दुक भेटीए पछि कुमाललाई सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ बस्ने ५६ बर्षिय बिनोद थापा, जिल्ला रुपन्देही सैनामैना न.पा ५ का ३१ बर्षिय सन्तोष राना र जिल्ला रुपन्देही सैनामैना न.पा १० बस्ने ४१ बर्षिय सुकई थारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।













