दोस्रो निस्दी कृषि,पर्यटन,सांस्कृतिक तथा खेलकुद महोत्सव हुने भएको छ । निस्दी गाउँपालिका र निस्दी खेलकुद विकास समितिको आयोजनामा दोस्रो निस्दी कृषि पर्यटन सांस्कृतिक तथा खेलकुद महोत्सव आगामी चैत्र २६ गते देखि २०८१ वैशाख ३ गतेसम्म संचालन हुने भएको हो । निस्दीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने,कृषि वस्तुहरुको उत्पादन र प्रबर्द्धनमा जोड दिने, खेलको माध्यमबाट व्यक्ति र पालिकालाई परिचित गराउने,स्थानीय मौलिक संस्कृतीको जगेर्ना गर्ने, मगरी खानाको प्रबर्द्धन गर्ने जस्ता उद्देश्यका साथ निस्दीमा दोस्रो निस्दी कृषि,पर्यटन,सांस्कृतिक तथा खेलकुद महोत्सव मित्याल झ्यालटुङ्गको खेलमैदानमा महोत्सव गर्न लागिएको महोत्सवका मुल समारोह समिती संयोजक उमेश कुमार गाहाले जानकारी गराउनुभयो। निस्दीमा रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने ,कृषि उपज वस्तुहरुको उत्पादनमा जोड दिने, खेलको माध्यमबाट व्यक्ति र पालिकालाई परिचित गराउने,मगरी खानाको प्रबर्द्धन गर्ने जस्ता उदेश्यका साथ मित्याल झ्यालटुङ्गको खेलमैदानमा महोत्सव गर्न लागिएको गाहाले बताउनु भयो ।
महोत्सवमा अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल, प्रथम निस्दी डान्स आइडल, स्थानीय झाकी प्रदर्शन ,ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने महोत्सवकामा पचास भन्दा बढी स्टल रहने छ । पालिकाको चौतर्फी विकास र प्रबर्द्धन गर्नको लागि महोत्सवले सहयोग पुर्याउने भएकोले निस्दी गाउँपालिकाको तर्फबाट सहयोग गर्न तत्पर रहने र महोत्सवमा करिब चालीस लाख बराबरको कारोबार हुने अनुमान गरिएको निस्दी गाउँपालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले बताउनुभयो । महोत्सव सफल बनाउन मुल समारोह समिती र नौ वटा उप समिति निर्माण भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।













