मिसन ग्रुप नेपाल तथा मिसन नेपाल महिला समुह बुटवल ११ देविनगरको आयोजनामा बनभोज तथा सम्मान कार्यक्रम शनिबार तिलोत्तमा ६ कुन्जलापुरमा सम्मपन्न गरेको छ। सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामचन्द्र क्षेत्रीले कार्यक्रममा बोल्दै सस्थाले काम गरेकालाइ प्रोत्साहन र काम गर्नेलाइ अगुवाई गर्ने सस्था रहेको बताउनु भयो। समाजलाइ अगुवाइ गर्ने र वडा भित्र मात्रै सिमित नभै सिङ्गो पालिका जिल्ला हाक्न तयार हुनको लागि अग्रह गर्दै वडाको तर्फबाट के सहयोग आबश्यक्ता पर्छ वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो। समाज रुपान्तरण गर्न यो सस्थाले एक उदाहरणय काम गर्नेमा आफु विस्वस्थ रहेको उहाको जिकिर रहेको थियो।
कार्यक्रममा बुटवल उपमहानगर पालिका ११नम्बर वडा सचिब रामप्रसाद खनाल, हेम्मा थामि कार्यपालिका सदस्य, माया दर्नाल वडा सदस्य, नकुलशाहि युव राज राना मिसन ग्रुप नेपालका संरक्षक राजेन्द्र ढकाल भुमलाल श्रेष्ठ नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिननाथ भट्टराई सस्थालाइ आर्थिक तथा भौतिक रुपमा विशेष सहयोग गरेका सहयोगिहरुलाइ सम्मान गरेको थियो। सस्थाले सन्चालगरेको शुभदिपावलिको अबसरमा देउसिभैलि कार्यक्रम सम्मपन्न गर्न कलाकारको भुमिकामा रहि सस्थालाइ सहयोग गरेका कलाकारहरुलाइ सम्मान गरियको थियो । प्रोफेस्सिओनल हप्किडो च्याम्पियन नेपालगन्ज विनर २०२४ का विनर सुजन हिस्कि मगर र सुजन मगरलाई पनि सम्मान गरेको थियो। मिसन महिला समुहको अध्यक्ष सिता भुषालको अध्यक्षता सचीव सारदा श्रेष्ठको सन्चाल र कोषाध्यक्ष धन कुमारि बस्यालको स्वागतमा भएको थियो।













