पाल्पा–नेपाल विद्युत प्राधिकरण ग्राहक वितरण शाखाले तानसेन नगर सरकारलाई बक्यौता महसुल बुझाउन ताकेता गरेको छ । झण्डै दुई दशक देखि नगर सरकारले प्राधिकरणलाई सडक बत्ती बापतको ८ करोड ५१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाले भुक्तानी गर्न ताकेता गरेको हो ।
प्रधिकरणका पाल्पा प्रमुख दिलिप मरासिनीले करिब १८ बर्षदेखि तानसेन नगरपालिकाले सडक बत्ती बापतको रकम नबुझाएको बताउँदै रकम ठूलो भएकाले संघीय सरकारले नै माथिल्लो तहबाट निकास दिनका लागि काम भईरहेको बताउनुभयो ।
तानसेन नगर सरकारका प्रवक्ता यादवसिं कार्कीले बिद्युत बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको स्वीकार गर्दै नगर सरकारले भुक्तानी गर्न नसक्ने जानकारी दिनुभयो ।













