पाल्पा- रास्वपा केन्द्रीय सभापतिको उपस्थितिमा पाल्पा रामपुरमा खुल्ला जनसभा हुने भएको छ ।
सभा यहि कार्तिक १८ गते शनिबार दिउसो ११ बजे देखि सुरु हुने छ । लामिछानेको साथमा पार्टी सांसद डा.तोषिमा कार्की ,केन्द्रीय सदस्य इश्रा मुल्ला मिया, गैर आवसीय नेपाली सम्पर्क विभाग प्रमुख अर्जुन अधिकारी, प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाह, मानव तथा वन्यजन्तु द्वन्द्व व्यवस्थापक होम क्षेत्री लगायतअन्य रास्वपा केन्द्रिय सदस्यहरुको समेत उपस्थिती रहने छ । लामिछाने १९ गते गुल्मि र २० गते अर्घाखाचि जाने कार्यक्रम समेत रहेको लुम्बिनी प्रदेश सद्स्य नारायण न्यौपानेले जानकारी दिनुभएको छ ।













