पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाले वडा गत रुपमा संचालन हुने योजनाहरुको सम्झौंता सुरु गरेको छ । आर्थिक वर्ष २०८०।०८१ को लागि विनियोजित बजेट अनुसारको योजनाहरुको बैंक खाता खोल्ने तथा योजना सम्झौंता गर्ने कामको सुरुवात भएको गाउँपालिकाका उपाध्यक्ष हरीप्रसाद पाठकले बताउनुभयो । पाठकका अनुसार अहिले वडा नं.१ बाट योजना सम्झौंता गर्ने र बैंक खाता खोल्ने कामको सुरुवात भएको छ यसलाई अन्य वडाहरुमा समेत लैजाने बताउनुभयो ।
पालिकाले चैत भित्रै योजनाहरुको काम सक्ने गरेर तयारीको साथ कार्यक्रमहरु संचालन गरेको योजना अधिकृत भरतराज धिमिरेले बताउनुभयो ।कार्यक्रममा उपाध्यक्ष पाठक, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, उपभोक्ता समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।













