पाल्पा-पाल्पामा यही कार्तिक १७ र १८ गते दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना तानसेनको टुडिखेल मैदानमा दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुन लागेको हो । लुम्बिनी प्रदेशका १२ जिल्ला , तीन विभागिय टोली र आयोजक टोली गरी ६४ जना खेलाडीहरुले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने भएका हुन् । प्रतियोगितामा महिला तर्फ ४६ केजी देखी ५२ केजी सम्म र पुरुषमा ४९ केजी देखी ५५ केजी तौल भएका खेलाडीहरु बिच एकल स्पाएरिङ्गमा प्रतिष्प्रर्धा हुने छ । तेक्वान्दो खेलाडी रिता र अनिलको संम्झनामा दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।
प्रतियोगिता तयारीका बारेमा नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाको आयोजनामा मंगलबार तानसेनमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा तेक्वान्दो महासंघ पाल्पाका अध्यक्ष निर बहादुर सारुले प्रत्येक जिल्लाबाट पुरुष दुई र महिला दुई गरी ४ जनाको दरले प्रतियोगितामा खेलाडीहरुको सहभागिता रहने जानकारी दिनुभयो । प्रथम पुरस्कार बिजेता पुरुष र महिलाले तिस / तिस हजार नगद, प्रमाण गोल्ड मेडल पुरस्कार पाउने छन भने द्धितिय हुनेले बिस/बिस हजार नगद, प्रमाण र रजत पदक पाउने छन । तेस्रो हुनेले दश / दश हजार नगद, प्रमाण पत्र र कास्य पदक पुरस्कार पाउने अध्यक्ष सारुले बताउनुभयो । प्रतियोगिता संचालनको लागी करीव साढे ८ लाख रुपैया खर्च लाग्ने र सो व्यबस्थापनको लागी स्थानीय सरकार र विभिन्न संघ संस्था एवम् खेलप्रेमीहरु बाट सहयोग जुटाईने पूर्ब खेलाडी तथा पाल्पा आईटिएफका प्रमुख सल्लाहकार देब पचभैयाले जनाकारी दिनुभयो ।
पाल्पामा १४ वटा डोजाङ्ग बाट नियमित रुपमा आईटिएफका खेलहरु संचालन हुदै आएका छन् ।













