
सुमन कार्की
असोज,५ पाल्पा
शुक्रवार माथागढी गाउँपालिका वडा नं १ चिदिपानीको वडा कार्यालय भवनको सिलान्यास भएको छ । नवर्निमित भवनको माथागढी गाँउपालिकाअध्यक्ष यम चिदी, वडा नं.१का अध्यक्ष राजकुमार पन्थी र वडा नं.४ का अध्यक्ष शंकर र्दलामीले संयुक्त रुपमा गर्नु भएको थियो । लामो समय देखी पुरानो भवनवाट सेवा सुविधा दिदै आएको वडा कार्यालयले अवको केही समय पछि भने नवर्निमित भवनवाट सेवा दिन पाउने छ ।
१ करोड ६७ लाख बराबरको लागतमा निर्माणाधिन वडा कार्यालय भवनको औपचारिक रुपमा सिलन्यास भएको र अव छिट्टै नयाँभवनवाट सेवा दिन सक्दो पहल गर्ने समेत वडाध्यक्ष राजकुमार पन्थीले जानकारि दिनुभयो ।
विगत लामो समय देखि जग्गाको उपलब्धता नहुदा वडा कार्यालयको भवन बन्न सकेको थिएन्।