क्यानन मा.वि.मा बृहत तीज गीत गायन एवम् नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न ।
क्यानन मा.वि बुटवल ८ सुख्खानगरले बाल दिवसकाे अवसर पारेर कक्षा २ देखी कक्षा १२ सम्मका विद्यार्थीहरुबिच तीज गीत गायन एवम् नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलादेवी पाण्डेको अध्यक्षता तथा संस्थाका प्राचार्य थानेश्वर पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रममा वाेल्दै विधार्थिहरूकाे लागि यस्ता कार्यक्रमहरूले हाम्रो धर्म सस्कृति वचाउन र नया पुस्ताहरूलाई अाफ्नै माैलिक सस्कृतिका वारेमा समेत जानकारि हुने र यस्ता माैलिक सस्कृतिहरूलाई वचाई राख्न सहयाेग पुग्ने कुरामा जाेड दिनु भयाे । उक्त प्रतियोगितामा कक्षा २ र ३ बिचको प्रतियोगितामा कक्षा ३ भेनसका समूह प्रथम भएको छ भने कक्षा २ मुनको समूहले द्धितीय स्थान हासिल गरेको छ । यसैगरी कक्षा ४,५ र ६ का बिचमा भएको प्रतियोगितामा कक्षा ५ ओसनको समूह प्रथम, कक्षा ४ मार्स द्वितीय तथा कक्षा ६ कोहिनुरको समूहले तृतीय स्थान प्राप्त गरेको छ । यसैगरी कक्षा ७, ८ र ९ का बिचमा भएको प्रतियोगितामा कक्षा ८ न्युटन समूह प्रथम, कक्षा ९ जनक द्वितीय तथा कक्षा ७ स्प्रिङ् समूहले तृतीय स्थान प्राप्त गरेको छ । उक्त कार्यक्रममा स्थानीय कलाकालहरुको पनि बेजोड प्रस्तुती रहेको छ । त्यसैगरी बालदिवसको अवसरमा शैक्षिक सत्र २०७९को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल तथा विविध विधामा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई समेत पुरस्कार प्रदान गरिएको कार्यक्रम सम्याेजक मीन राज गिरिले जानकारि दिनु भयाे ।