पाल्पा- रम्भा –३, पिपलडाँडामा वडा स्तरीय तीज गीत प्रतियोगीता सम्पन्न भएको छ । बुधवार रम्भा –३, पिपलडाँडामा रिमिघा महिला कृषक समूहले अयोजना गरेको वडा स्तरीय खुल्ला तीज गीत प्रतियोगितामा वडा भित्रका ७ समूहको सहभागीता रहेको थियो । इन्द्रेनी आमा समूह प्रथम , शिवशक्ति आमा समूह द्वितीय , अमराई आमा समूह तृतिय र श्रृगा महिला कृषक समूहले सान्त्वना स्थान हासिल गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी रम्भा –३, पिपलडाँडाका वडा अध्यक्ष थमन ब.गाहा र कार्यक्रमका अध्यक्ष भावना अर्यालले विजयीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
सहभागीहरुले प्रतियोगीतामा महिला सहशक्तिकरण र महिला हक अधिकारका विषयलाई मध्यनजर गर्दे गीत गाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष थमन गाहाले वडा भित्ररहेका सम्पूर्णवासीको हक हितकोलागी आफु र आफ्नो वडा लागीरहने वताउनु भयो । आफ्ना वडा वासीहरुमा आफुले आँसु होइन खुशीको महशुस गराउने हेरक किसिमका पहलहरु गर्ने समेत वताउनु भयो । गाहाले अहिलेको अवस्थामा तीजको नाममा विकृतीफैलीदै गएको, मौलीक्ता हराउदै गएको, देखावटी वढीहुने गरेको हुनाले यस तर्फ नलाग्न र सभ्य र भव्य रुपमा तीज मनाउन समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथी रम्भा गाउपालिकाका पूर्व प्रशासकीय अधिकृत भक्तु जंग राना, समाज सेवी केशव भण्डारी लगाएतले शुभकामना सहित आफ्ना भनाई राख्नु भएको थियो ।