
बुटवल, भदौ ३०।
न्यु लुम्बिनी ब्याडमिन्टन क्लबका खेलाडीहरु बिच खेल विकास गर्न आन्तरिक प्रतियोगिता २०८० सम्पन्न भएको छ। प्रतियोगितामा समूह ए मा ६ टिम, बि ११ टिम ,सि मा ४ टिम टिमले भाग लिएको क्लबका सहकोषाध्यक्ष तथा संयोजक गोबिन्द श्रेष्ठले बताउनुभयो ।
न्यु ब्याडमिन्टन क्लबको हलमा भएको समूह ए को फाईनलमा दीप आचार्य र दिपक अधिकारी क्षेत्रीको जोडीले बोनिन पिया र किरण थापाको जोडीलाई २१ को सेटमा जित निकाल्दै उपाधि जिते। समूह ए मा रोहित पुरी र नारायण तिवारीको जोडी तेस्रो भए। यसैगरि समूह बि मा दिनेश कुमार प्रधान र बोम बहादुर थापाको जोडीले कमल ज्ञवालीले र रमेश पाण्डेको जोडीलाई २० को सेटमा पराजित गर्दै प्रथम भएका छन। कमल ज्ञवालीले र रमेश पाण्डेको जोडी उपविजेतामा चित्त बुझाए। समुहमा नरेश कुमार श्रेष्ठ र दल बहादुर गाहा तेस्रो भए।
समुह सि मा उमाशंकर मालपानी र प्रेम न्यौपानेको जोडीले फाईनल खेलमा महेन्द्र ध्वजु र कृष्ण खनालको जोडीलाई २१ को सेटमा पराजित गर्दै विजेता बने । महेन्द्र ध्वजु र कृष्ण खनालको जोडी उपविजेतामा चित्त बुझाए। यसैगरि यो समुहमा धनकुमार श्रेष्ठ र हरिशंकर गुप्ता र दिलिप सापकोटा र विजय खनाल तेस्रो भए।
एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराई, क्लबका अध्यक्ष बोनिन पिया, महासचिव जिवकान्त काफ्ले पुरस्कार वितरण गर्नुभयो ।
सदस्य सचिव जय प्रकाश भट्टराईले नियमित खेलकुद गतिविधि र प्रतियोगिताबाट नै खेल विकास हुने भन्दै यसमा सरोकारवाला निकायहरु लाग्नुपर्ने बताउनुभयो। नेपालमा ब्याडमिन्टन खेलको लोकप्रियता बढेको भन्दै नेपालमा सरकारको प्राथमिकताको ११ खेलमा ब्याडमिन्टन पर्ने उहाँले बताउनुभयो ।