जनकराज भट्टराई
पाल्पा-जिल्लाको रिब्दिकोट गाउँपालिका वडा नम्बर ८ पेलाचौर मा रहेको ताल्तुङ्ग मा.वि. का विद्यार्थीको स्वास्थ्यमा समस्या देखिए पछि गाउँपालिकाको सिङ्गो टिम नै मानसिक स्वास्थ्य परामर्श केन्द्र नेपालका परामर्श दाता अनन्त चौधरी लाई लिएर विद्यालयमा पुगेको छ ।
पहिले देखि नै विद्यार्थीहरु बेहोस हुने,रुने,कराउने गरे पनि पछिल्लो केही दिन यता देखि धेरै नै विद्यार्थीमा यो समस्या देखिएकोले पालिकालाई खबर गरेको मा सम्पुर्ण टोलि नै विद्यालयको आइ स्वास्थ्य परामर्श दिएकोमा धन्यवाद दिदै विद्यालयकी प्रधानाध्यापक रिता कुमारी रानाले यस्तो परामर्श समय समयमा विद्यालयमा दिइरहनुपर्ने बताउनु भयो ।
हामी जनताको प्रतिनिधि भएकोले जनताको स्वास्थ्य नै हाम्रो लागि सबै भन्दा ठूलो भएकाले यस्तो समस्या आएमा जुन सुकै बेला जुनसुकै अवस्थामा पनि हामी तपाई र तपाईको विद्यार्थीको साथमा रहेको जानकारी गराउदै गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की ले यस्ता कार्यक्रम हामी पुन पनि संचालन गर्ने बताउनुभयो । समस्यामा रहेका बिद्यार्थी र उनका अभिभावक सङ्गै सम्पुर्ण विद्यालयका शिक्षक हरुलाइ परामर्श दाताले परामर्श गर्दै यो कुनै रोग नभएकाले नआतिएर सबैले सधै सकारात्मक सोचाइ मात्र राख्नु पर्ने बताउनु भयो । बढ्दो उमेर र नकारात्मक सोचाइका कारण नै यो समस्या को मुल कारण रहेकाले सकारात्मक सोचाइ सङ्गै सकारात्मक बिचार नै यसको उपचार रहेको भन्दै यस्तो समस्या आएमा हामी पुन: परामर्श दाता सङ्गै बिद्यालयमा आउने बताउदै शिक्षा शाखा प्रमुख मणि प्रसाद खनालले समय मै विद्यालयले समस्या समाधान को बाटो खोजेको मा धन्यवाद दिनुभयो ।स्वास्थ शाखा प्रमुख सुनिल अधिकारीले बिगत पछिल्लो समयमा बढ्दो सामाजिक संजाल को नकारात्मक प्रयोग ले पनि कलिला उमेरका विद्यार्थीहरू मा यस्तो समस्या देखिदै गएको बताउनु भयो ।