

पाल्पा – जिल्लाको तानसेनमा गौ हत्याको बिरुद्धमा आइतबार शान्ति र्याली गरिएको छ । देशका विभिन्न स्थानमा गौ हत्या भइरहेको भन्दै त्यसलाई तत्काल रोक्न माग गर्दै तानसेनमा शान्तिपूर्ण र्याली गरिएको हो ।
जिल्लास्थित विश्व हिन्दु महासङ्घ र ऊँकार परिवारको संयुक्त आयोजनामा गौ हत्या बिरुद्धको शान्ति र्याली गरिएको हो ।
र्यालीमा सहभागीहरूले गौहत्या तत्काल बन्द गरौँ, गौहत्या गर्नेमाथि कारबाही गरौँ, संविधानको पालना गरौँ, सामाजिक सद्भाव कायम गरौँ लगायतका नारा लगाएका थिए ।