पाल्पा – समाजवादी सहकारी संगठन नेपालको लुम्बिनी प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । शनिबार पाल्पाको तानसेनमा संगठनको भेला सम्पनन भएको हो । भेलाले विष्णु प्रसाद बरालको अध्यक्षतामा २१ सदस्य प्रदेश समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा कृष्णराज गैरे, सचिवमा सत्यमोहन सापकोटा, सहसचिवमा जीतबहादुर कार्की, कोषाध्यक्षमा बिमला अधिकारी रहेका छन् । यस्तै बैठकले विभिन्न जिल्ला संयोजक समेत तोकेको अध्यक्ष बरालले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य सोमप्रसाद पाण्डेले सहकारीहरुले अब उत्पादन सँग जोडिने खालका निति ल्याउन आवश्यक रहेको बताउनुभो । उहाँले देशको अर्थतन्त्र धान्न सहकारीको पनि मुख्य भुमिका रहने बताउँदै देशका नागरिकलाई उत्पादन सँग जोड्न अनिवार्य रहेको बताउनुभयो । उहाँले नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएके थियो ।
यस्तै कार्यक्रममा समाजवादी सहकारीका केन्द्रिय अध्यक्ष नवराज अर्यालले सहकारीको माध्यमबाट देशका नागरिकको जनजीविका परिर्वतन गर्न सकिने बताउनुभयो । कार्यक्रम धरणिधर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।













