

बिराट पहारी,अर्घाखाँची भाद्र २३
धर्म,कला संस्कृती संरक्षण हाम्रो दायित्व भन्ने मुल नारा संङ्गै स्मार्ट युवा क्लवको आयोजनामा अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं २ डांडाकटेरी मा हरितालिका तिजको अवसरमा खुल्ला तिज गित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विभिन्न क्लव, आमा समूह, विध्यालय सहित १५ टिमको सहभागिता रहेको प्रतियोगितामा रानीचौर साल्दे सामुहिक समूह प्रथम , विरेन्द्र शिक्षा क्याम्पस दोस्रो , आदर्श मा.वि खनदह तेस्रो र परिवर्तनशिल महिला आमा समूह सान्त्वना भएका छन्र ।
कार्यक्रमको प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपालीले ब्यानर अनावरण गरि उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै देशमा भित्रिएको बिदेशी कल्चरहरु भन्दा आफ्नै देशको रहन,सहन,मौलिक संस्कृती लाई ध्यान दिनुपर्ने बताउनुभएको थियो साथै बर्ष दिनको महान चाड हरितालिका तिज शुभकामना दिदै अरुको देखासिखी गरेर तडक भड्क गरेर चाड मनाउनु भन्दा आफुले सकेको सानो खर्चमा नै खुशी साथ पर्व मनाउने कुरामा जोड दिनुभयो।
महिला भाव जोडिएको सबैका मौलिक भाका संङ्गै देशमा बढदो बेरोजगारीले गर्दा वैदेशिक रोजगारमा जानुपर्ने , भ्रष्टाचार ,कुरीति ,हत्या हिंसा ,बलात्कार, दाइजो प्रथाले अझै जरा गाडेको र महिला अझै माथी उठ्न नसकेको, कृषि क्षेत्र बालीनाली बँदेल ,दुम्सी , बादरको आतंकले जनतामा निराश पन छाएको उक्त गित ,नाच भाव प्रष्ट बुझ्न सकिन्थ्यो।
कार्यक्रमको प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपालीले ब्यानर अनावरण गरि उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै देशमा भित्रिएको बिदेशी कल्चरहरु भन्दा आफ्नै देशको रहन,सहन,मौलिक संस्कृती लाई ध्यान दिनुपर्ने बताउनुभएको थियो साथै बर्ष दिनको महान चाड हरितालिका तिज शुभकामना दिदै अरुको देखासिखी गरेर तडक भड्क गरेर चाड मनाउनु भन्दा आफुले सकेको सानो खर्चमा नै खुशी साथ पर्व मनाउने कुरामा जोड दिनुभयो।
प्रभात कुंवरको संचालनमा चलेको कार्यक्रममा मुख्य सहयोगी सिर्जन थापा लगायत अन्य सहयोगि सबैलाई सम्मान गरिएको थियो। कार्यक्रममा स्थानीय कलाकार बिष्नु रसाइली,कृष बि.सी ,चन्द्र बि.क र आकाश रोदनले आफ्नो प्रस्तुति समेत राखेका थिए ।
सबैलाई हरितालिका तिजको शुभकामना दिदैअविरल वर्षाका बाबुजुट पनि कार्यक्रम भव्य र सफल बनाउन उल्लेखनिय रुपमा दर्शकहरुको सहभागिता रहेको भन्दै उक्त कार्यक्रमका सभापती उक्त क्लवका अध्यक्ष समेत रहेका प्रदिप गौतमबाट कार्यक्रम समापन भएको थियो।