नारायणगढ- मुग्लिन सडक खण्ड सुख्खा पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको छ ।ईच्छाकामना गा.पा. ६ नारायणगढ मुग्लिङ सडक खण्डको टोपेखोलामा सोमबार राती करिब ८ बजे देखि माथिबाट सुख्खा पहिरो खसरे दुवैतर्फी बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए
उनले सडक विभागसँग समन्वय गरी पहिरो हटाउने पहल भइरहेको पनि जानकारी दिए । ठूलो पहिरो खसेकोले तत्काल खुलाउने सम्भावना नभएको र कम्तीमा दुई दिन लाग्न सक्ने पण्डितले बताए ।













