

बुटवल, ४ भदौ ।
बुटवलमा जारी प्रथम यु—१८ फाईव ए साईड फुटबल प्रतियोगिताको उपाधि नवजिवन एफसीले उपाधि चुमेको छ । सोमबार भएको फाईनल खेलमा आयोजक आरकेएफसीलाई ट्राईबेकरमा पराजित गर्दै नवजिवनले उपाधि चुमेको हो । उपाधिसंगै नवजिवनले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपबिजेता आरकेएफसी नगद १० हजार रुपैया, कप, मेडल प्रमाणपत्रमा चित्त बुझायो ।
बसपार्कस्थित खेलमैदानमा भएको खेलमा राधाकृष्ण युवा क्लबका सुजल थापाले खेलको पाचौ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको अन्तिम समयमा नवजिवनका करण बहादुर अधिकारी बराबरी गोल गर्दै खेलमा फर्कियो । ट्राईबेकरमा नवजीवनका गोलकिपरे उत्कृष्ट बचाउ गरे ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रबक्ता शिव राना, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकाल, वडा नं ९ का वडा सदस्य भरत पुरी विवस, क्लबका अध्यक्ष यम बराल, संयोजक बिश्वजित ताम्राकारले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरे ।