पाल्पा जिल्लाको माथागढी गाउँपालिका २,सपाङदीमा ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
सोमबार बेलुकी ५ बजे तिर झडेवाबाट रुप्सेतर्फ आउदैँ गरेको लु ४ त ६६३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुदाँ माथागढी
२,दोहोरा बस्ने ३८ वर्षका वेद प्रसाद भुसालको तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको प्रहरी सुचना अघिकारी विरेन्द्र थापाले जानकारी दिए ।
उक्त दुर्घटनामा परी घाईते भएका माथागढी रुपसेका नरध्वज सारु,सरोज सारु,गीपबहादुरु सारु, गोबिन्दबहादुर सारु र टोपबहादुर सारुको लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको छ ।













