

काठमाडौं – गैरे सुरेशका नाममा परिचित सुरेश गैरेको शिव भजन ‘भोले शंकर’को भिडियो सार्वजनिक भएको छ ।
फुलबारी नेपाल युट्युव मार्फत डिजिटल वजारमा आएको छ । उक्त भजनमा शब्द डा. कृष्णहरि बरालको रहेको छ भने स्वर र संगीत स्वयम सुरेश कै रहेको छ । साउनको अन्तिम सोमबार पारेर सार्वजनिक गरिएको उक्त भजनको भिडियो पशुपतिनाथ मन्दिर लगायतका स्थानमा छायांकन गरिएको छ ।
उक्त भजनमा कृष्ण ढकाल, कमल तिमिल्सिना, लव सापकोटा, दिपकराज बराल, दामोदर धोदारी, रमेश भुवजी, रोहित घिमिरे, विकास घिमिरे, पर्शुराम लामिछाने, प्रमोद विष्ट, सत्यराम पुरी, देवेन्द्र रोक्का र स्वयं सुरेश गैरेकाे अभियन देख्न सकिन्छ। सांगीतिक दुनियाँमा सफल संगीतकारका रुपमा चिनिएका गैरे सुरेश ‘बिम्ब’मार्फत् सांगीतिक दुनियाँमा प्रवेश गरेका थिए । त्यसपछि उनका ‘सम्भावना’, ‘चर्चा’, ‘गुमनाम’, ‘शरद’लगायतका एल्बम बजारमा आएका छन्। यस्तै, उनले नेपाली चलचित्र नाइँ नभन्नू ल २मा ‘शब्द लेखन,र राजधानी चलचित्रमा संगीत भर्दै स्थापित संगीतकारका रूपमा परिचित छन् ।
उनले संगीत भरेका गीत र गजलहरू ‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘किन हजुर नबोलेको’, ‘तिम्रो मेरो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’, ‘कति बोलेर पछुताउँछन्’ आदि हरेक उमेर र वर्गका श्रोताका लागि लोकप्रिय र कर्णप्रिय छन्।
सांगीतिक दुनियाँबाट स्रोताहरुको मन जित्न सफल सुरेश सशस्त्र प्रहरी बलमा प्रहरी नायब उपरीक्षक (डिएसपी) समेत रहेका छन् ।
https://www.youtube.com/watch?v=zWt6I6gP1SI