बुटवल,२८ साउन ।
लुम्बिनी प्रदेश सभाको सचिवमा पुनः दुर्लभकुमार पुन नियुक्त भएका छन् । सभामुखको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले पुनलाई नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले आइतबार एक कार्यक्रमकाबीच उनलाई नियुक्ति पत्र प्रदान गरेका छन् । नेपालको संविधानको धारा १९५ बमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई नियुक्त गरेका हुन् । यसअघि पुनले ५ वर्ष प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
४८ वर्षीय पुन नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातकोत्तर र राजनीतिशास्त्रमा पनि स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको कैलालीमा जन्मिएका पुन माओवादी जनयुद्ध कालमा ५ वर्ष भूमिगत भएका थिए सक्रिय थिए ।