

काठमाडौ - राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख २६ गते देखि सुरु गरि जेष्ठ ५ गते सकिएको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो।
देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी नियमित तर्फ कक्षा १२ को परीक्षामा सहभागी भएका थिए भने करिब ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका राष्ट्रिय परिक्षा बोर्ड ले जनाएको छ । यो बर्ष बाट नतिजामा भने ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीलाई नन् ग्रेडमा राखिएको बोर्डले जनाएको छ। ५१ प्रतिशत भन्दा बढी विद्यार्थी पास भएको बोर्डको भनाइ छ।