

मलाई राजनीति मन पर्छ। यसो भनिरहँदा अचम्म लाग्छ होला .? अचम्म नलागोस् पनि कसरी ! आजको परिवेश हेरिरहेका जनमानसको मनमा यस्तै अचम्मको भाव पैदा गरिएको पनि त छ । समाजमा उठेको राजनीति प्रतिको घृणात्मक दृष्टिले मेरो मनमा अनेकौं प्रश्नबाचक चिन्ह खडा हुने गर्छन् । यस्तो हुनु प्रति के दलको दोष हो र ? कि व्यक्तिको दोष हो र.? " राजनिती " शब्द लाई हेर्ने जनता दोषी हो र..?? चलिआएको चलन त पक्कै पनि होइन । हिजो राजनीतिज्ञ लाई हेर्न दृष्टिकोण फरक थियो । वहाँ उसको भाषण । यसमा कुनै दम छ है यसले के हि गर्छ ।
तर आज हेरौं , ओहो ! यो झोले फेरि करायो । कहाँबाट आउछन् यार यस्ता पनौति । समाजमा यस्तै यस्तै तर्क बितर्क ले आलोचित बनेको छ । के राजनीति भनेको झोले हो त..? पक्कै पनि होइन । राजनिती त केबल समाज परिवर्तनको आधार हो । परिवर्तनको आवाज त केवल शब्दमा मात्रै रहेको हुँदा हिजोआज त राजनीति लाई "कमेडिकलप" को उपनाम पो दिन लागेको छन् । एउटा दलको व्यक्ति लाई अर्को दलको व्यक्ति लाई व्यङ्ग्यात्मक छेड हानेर भाषण गरिरहेकै आधारमा आबद्ध जनताले जोडजोडले गटटटटट ताली बजाको देखेर झोले नाम दिएछन् क्यारे । तर "राजनीति " बिल्कुल फरक छ ।
वास्तवमा ! राजनीति भनेको के हो.? राजनीति भनेको १. प्रजाको शान्तिसुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासनव्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति। २. राज्यको शासन– व्यवस्थासम्बन्धी नीति; राज्य–सञ्चालन–प्रणाली। ३. राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त। भनेर शब्दकोषमा उल्लेख गरिएको पनि छ । अझ भनौं राजनीतिलाई फोहोरी खेल भनिन्छ । तर मलाई लाग्दैन यो फोहोरी खेल हो । बरू फोहोरी मान्छे खेलाडी बन्दा दुर्गन्धित भएको होला ।
देशको नीति नियम , कानुन , संविधान , बजेट , आय-व्ययक राजनीतिज्ञहरुले नै बनाउने गर्छन् । परिवर्तनको आवाज हो । ल भन्नुस् कसरी राजनीति फोहोरी खेल भयो .? राजनीतिक उद्देश्यको परिपूर्तिका निम्ति तयार गरिएको पार्टी वा सङ्गठन, राजनीतिक सङ्घ वा दल भित्रको दलीय व्यवस्था भित्रको प्रतिस्पर्धाले होला राजनीति भित्र खल्लो पन बढेको । हिजोआज त चुनाव लड्न पनि गर्हो हुन लागेको छ । राजनीतिमा आर्थिक अवस्था गिरेको वा टाट उल्टेको। आर्थिक दृष्टिले कमजोर भएको राजनीतिक व्यक्तिल मैदानमा गएर जति परिवर्तनको भाषण गरेपनि जनताले पत्याउन छोडेका छन् । समय नै यस्तो भयो कि हिजोआज पैसा बिना पनि भाषणले मात्रै जनताले पत्याउनै छोडे । जनता पनि बिकास को होइन बिकाउको राजनीति खोज्न थाले ।
हामीले क्षेणिक परिवर्तन चाहान्छौ वा दिर्घकालिन .? जुन दलको भए पनि काम गर्न देउँ। गलतमा मात्रै बिरोध गरौं । सहि र गलत छुट्टयाउन कोसिस गरौँ ।