

पाल्पा,२५ साउन
मोफसलमा बसेर लोक दोहोरी क्षेत्रमा नाम कमाउदै आएकी दुर्गा नेपाल क्षेत्रीले यस वर्षको आफ्नो नयाँ तीज गीतको भिडिओ डिजिटल वजारमा लिएर आएकी छिन् ।हरेक वर्ष तीजको गीत निकाल्दै आएकी दुर्गाले यसपाली पनि दर्शकहरुलाई छमछम नचाउने तीजको गीत सार्वजनिक गरेकी हुन् ।
जुग जाने लाउँ माया भन्ने बोल रहेको तीज गीत दुर्गा नेपालले आफ्नै युवटुव च्यानल दुर्गा नेपालवाट डिजिटल बजारमा ल्याएकी छन् । अमर बिहारी गुरुङको शब्द रहेको गीतमा स्वर दुर्गा नेपाल र चन्द्रा शर्माले दिएका हुन् ।
लोकेन्द्र शाहको नृत्य निर्देशनमा बनेको गीतको भिडिओ समय सान्र्दभिक र उत्कृष्ट बनेको दुर्गा नेपालले वताइन् । नेपली चेलीहरुलाई गीतले छमछमी नचाउने किसिमको बनेको छ । गीतको छायांकन तथा सम्पादन श्रीनगर फिल्म प्रा.लिका संचालक तथा निर्देशक मनिस पन्थले गरेका हुन् ।
भिडियो हेर्न यहाँ थिच्नुहोस् ।
https://www.youtube.com/watch?v=e4TBellM3sc