पाल्पा , आधारभुत तहका अंग्रेजी विषयका शिक्षकहरुका लागि संचालित २ दिने शिक्षण अभिमुखिकरण कार्यक्रम समापन गर्दै
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अंग्रेजी सुधारका लागि शिक्षकहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । विद्यालयमा अध्ययपन गराउने शिक्षकको मेहनतमा विद्यार्थी र समग्र विद्यालयको शैक्षिक गुणस्तर निर्भर हुने उल्लेख गर्नुभयो । कक्षा शिक्षणलाई प्रभावकारी र उपलब्धिमूलक बनाउनका लागि शिक्षकको महत्त्वपूर्ण भुमिका रहने बताउदै नगर प्रमुख थापाले जुनसुकै क्षेत्रको दीर्घकालिन विकासका लागि समुदायमा शिक्षाको विकास हुन जरुरी रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो–“ भौतिक विकासले मात्र कुनै पनि क्षेत्रको विकास भएको मानिदैन यसका लागि त्यहाँ बसोबास गर्ने मानिसको मस्तिष्कको विकास हुन आवश्यक छ ।” मानिसको मस्तिष्कको विकास भए मात्र हरेक विकाले सार्थकता पाउने भन्दै शिक्षाको माध्यमबाट मस्तिष्कको विकासका लागि शिक्षकरुलाई लाग्न आग्रह गर्नुभयो ।
रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेले विद्यालयको शैक्षिक सुधारका लागि शिक्षकको महत्वपूर्ण भुमिका रहने बताउदै शिक्षकले चाहेमा विद्यालय र विद्यार्थीको अंग्रेजी विषयमा सुधार हुने बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले नगरपालिकाले शिक्षकहरुको क्षमता विकासमा धेरै लगानी गरेको भन्दै अब त्यसको प्रतिफल लिनु पर्ने वेला आएको बताउदै पालिकाले सञ्चालन गरेका कार्यक्रमको प्रभाव र शिक्षकहरुको सिप क्षमताको मुल्यांकनका लागि अनुगमनको पाटोमा जोड दिईने बताउनु भएको छ ।
तालिमका प्रशिक्षक सुनिल देवकोटा र बाबुराम पंगेनीले २ दिन सम्म प्रशिक्षण गर्नुभएको तालिमको समापन मा सहभागि शिक्षकहरु लेख प्रसाद श्रेष्ठ र रस्मिता पोखरेलले तालिम समय सापेक्ष र उपलब्धिमूलक भएको भन्दै तालिममा सिकेका कुरा कक्षा शिक्षणको क्रममा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।













