पाल्पा १९ असार- बिकाश काफ्ले
माथागढी १ चिदीपानी वडा कार्यालयको आयोजनामा धैरेनि जाउपोखरा होम स्टे निर्माण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
वडा अध्यक्ष राजकुमार पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य तुल्सा न्यौपाने वडा सदस्यहरु टोल ब मश्राङ्गी,डुकुल ब गाहा प्रशिक्षकको रुपमा होम स्टे माहासंघ नेपाल का उपाध्यक्ष धनिस्वर बस्याल गेट अप पाल्पाका उपाध्यक्ष महनमोहन श्रेष्ठले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा जाउपोखरा धैरेनि लगाएतका क्षेत्रबाट आफ्नो सास्कृतिक पहिचान सहित ७५ जनाको उपस्थिति रहेको थियोे। होम स्टे मार्फत पर्यटन बिकास सङ्गै हिम श्रृङ्खला दृष्यवलोक रम्भा देबिको दिदीको रूपमा रहेको बुढीकोट र कोटदेवी मगर समुदाय लोपोन्मुख संस्कृति कौरा झ्याउरे मारूनी सालैज्यो लगायत संस्कृतिको जगर्नाे प्रचार गरी आन्तरिक बाह्य पर्यटन प्रर्वध्दन गर्ने उद्देश्यले समुदायको दिगो आर्थिक बिकास सम्भव रहेको वडा अध्यक्ष राजकुमार पन्थीले बताउनु भयो।
कार्यालय साहायक नबराज पन्थीले संचालन गरेको कार्यक्रमको वडा सदस्य डुकुल बहादुर गाहाले स्वागत गर्नुभएको थियो।













