असार १२, पाल्पा रामपुर न.पा.३ चनौली बस्ने ७० वर्ष को नर बहादुर गुरुङ आफ्नै घर नजिकै रहेको कच्चि सडकको नालीमा मृत अवस्थामा फेला परेको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी केलादी र ईलाका प्रहरी कार्यालय रामपुर बाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटिगई अनुसन्धान कार्य पश्चात शव पोष्टमार्टम को लागि रामपुर अस्पतालमा पठाईएको छ ।













