

असार १२, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको युद्ध पथको सडक कालोपत्रे गरिएको छ । उपमहानगरपालिका र उपभोक्ता समितिको सहयोगमा १९० मिटर सडक आधुनिक पेपर मेशिन प्रयोग गरि सडक पिच गरिएको हो उपभोक्त समिति अध्यक्ष पदम वहादुर राना, टोल अध्यक्ष हुमा कुमारी खत्री , सदस्यहरू कपिल ज्ञवाली ,राघिका देवि खड्का , गोविन्द ज्ञवालि लगायतको संयोजकत्वमा सडक निर्माण गरिएको हो। उपमहानगपालिकाको ११ लाख पचास हजार र उपभोक्त समितिको ३ लाख ३७ हजार लगानीमा सडक कालोपत्रे गरिएको हो । कुल १४ लाख ८७ हजार १४९ रूपैंया लागतमा गरिएको कालोपत्रेको अपुग रकम टोल विकास संस्थावाट परिपुर्ति गरिने अध्यक्ष हिमा कुमारी खत्रिले जानकारी दिनुभयो ।