निस्दी गाउपालिकाले शैक्षिक सुधारका लागि प्रत्येक वडामा पुगेर शिक्षकहरुसंग अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । निस्दी १ वाकामलाङ्गमा जेठ १ गते, सोमबार सुरु गरेको कार्यक्रममा वडा नं १ का सबै बिद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्तिथि रहेको थियो ।
निस्दी १ वाकामलाङका वडा अध्यक्ष यम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निस्दी गा पा अध्यक्ष मुक्त बहादुर सारु, बिशिस्ट अतिथि निस्दी गा पा उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ,अतिथिहरुमा जिल्ला समन्वय समितिका सदस्य प्रताप सिं थापा, निस्दी गा पा प्रवक्ता तथा निस्दी ६ अर्चलेका वडा अध्यक्ष र निस्दी शिक्षा समितिका सदस्य मेख बहादुर सुनारी, निस्दी ३ झिरुवास वडा अध्यक्ष तथा शिक्षा समिति सदस्य नविन थापा सोती, शिक्षा समिति सदस्य दमन सिं पाटा थापा, निस्दी शिक्षा शाखा प्रमुख नर बहादुर थापा, कार्यपालिका सदस्य खुम बहादुर बि.क वडा सदस्यहरु तथा वडा नं १ वाकामलाङमा रहेको सबै स्कुलका प्रधानध्य्पकहरु र स्कुलका सबै शिक्षक कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।
निस्दीको शैक्षिक सुधार गुणस्तर बनाउन
सरोकारवालाहरुको भुमिका तथा समस्यहरुको संकलन र समाधानको उपाय खोज्ने र विभिन्न अनुभवहरुको अदान प्रदान गर्ने कार्यक्रमको उदेश्य निस्दी शिक्षा शाखा प्रमुख नर बहादुर थापाले बताउनु हुदै प्रमुख अतिथि निस्दी गा पा अध्यक्ष सारुले व्यानर उद्घोष गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
बिद्यार्थीको पढाई गुणस्तर राम्रो बनाउन गा पा को भुमिका बाट गा पा पछाडि नहुने अध्यक्ष सारुले बताउनु भयो ।बिद्यालयको अवस्था बारे सोधपुछ गरी यो भन्दा अगाडिको नतिजा जे जस्तो भए पनि अबको नतिजा त्यहि पुरानो समस्य देखाएर पन्छिन नपाउने अध्यक्ष सारुले बताउनु भयो ।
बिद्यार्थीको पढाइ तल्लो जग देखि नै बलियो भए पछि राम्रो हुन भएकाले आज सबै शिक्षक सिक्षिकाहरुलाइ बोलाएर अन्तरक्रिया कार्यक्रम गरेको शिक्षा शाखा प्रमुख थापाले बताउनु भयो । यसरी नै क्रमशः १, २,३,४,५,६ र ७ वडाहरुमा प्रत्येक वडामा १-१ दिन हुने उनले बताए ।













