पाल्पा । नेपाल प्रेस युनियन पाल्पा शाखाको सभापतिमा मन गहिरे निर्विरोध निर्वाचित भएकी छन् । गत आइतबार भएको प्रेस युनियन पाल्पाको नवौं जिल्ला अधिवेशनबाट गहिरे सभापतिमा सर्वसम्मत चयन भएकी हुन् ।
अधिवेशनबाटै उपसभापतिमा रामचन्द्र रायमाझी, विष्णु खनाल ल र दानु हिस्की; सचिवमा विष्णु प्रसाद घिमिरे; सहसचिवमा इमानसिं राना, वविता विस्ट, सन्तोष सुनार र कोषाध्यक्षमा दिपक भट्टराई निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा किसन पोखरेल, जीवन तिवारी, मिना कुमाल, प्रकाश ज्ञवाली, रमेश राना, भविश्वर पौड्याल, सुमन कार्की, दुर्गा अर्याल, इवन ढेंगा र शुशिल बस्याल चयन भएका छन् ।