पाल्पा । गत आइतबार भएको समाजवादी प्रेस संगठन नेपाल पाल्पाको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा पदम गैरे चयन भएका छन् । अधिवेशन बाट गैरेको अध्यक्षता ९ सदस्य कार्यसमिति चयन पनि गरिएको छ ।
कार्यसमितिमा संगठनको उपाध्यक्षमा रमा भण्डारी, विकास नापित, सचिवमा किरण रसाईली, कोषाध्यक्षमा सुजाता थापा र सहसचिवमा रिमा सुन्धौली चयन भएका छन । यसैगरि सदस्यहरुमा उज्जवल भट्टराई, यू.वि. भण्डारी र टारजन भण्डारी चयन भएका छन् ।
विभिन्न राजनीतिक दलका जिल्ला प्रमुख तथा पत्रकार संगठनका प्रतिनिधिहरुले नवगठित कार्यसमितिलाई शुभकामना पनि दिएका छन् ।













