

बैशाख १२, पाल्पा
चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने फराकिलो मतान्तर सहित विजयी भएका छन्।
अन्तिम परिणाम अनुसार रास्वपाका सभापति लामिछानेले ७८ हजार २ सय ७७ मत खसेको का ५४ हजार १ सय ७६ मत पाएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत मात्र प्राप्त गरेका हुन् भने ४२ हजार ९ सय ६२ लामिछानेले प्राप्त गरेका छन् ।
यसपटक लामिछानेले गत मंसिर ४ को निर्वाचनभन्दा ४ हजार ८ सय ८० बढी मत पाएका हुन्। गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत पाएका थिए।
सर्वोच्च अदालतले नागरिकता प्रकरणमा उनको सांसद पदलाई अवैध ठहर्याएपछि चितवन २ मा उपनिर्वाचन भएको हो।