पाल्पा ११ बैशाख .
मानवअधिकार तथा शान्ति समाज पाल्पा शाखाको आयोजनामा १७ औं लोकतन्त्र दिवस मनाइएको छ । मानवअधिकार तथा शान्ति समाज पाल्पाले राष्ट्रिय उत्सव लोकतन्त्र दिवस कि जनयुद्ध दिवस शीर्षकको अन्तरक्रिया कार्यक्रम गरि मनाएको हो।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख टंक नाथ खनालले पानसमा दिप प्रज्वलन गरि गर्नु भएको थियो ।अन्तरक्रियामा अधिकाश सहभागीहरूले लोकतन्त्र दिवसलाई जनयुद्ध दिवसको रूपमा मनाउन नहुने बताएका थिए । सरकारले जनयुद्ध दिवसको अवसरमा सरकारी विदा दिने जुन निर्णय गरेको छ यो निर्णय सर्वमान्य नभएको,जनताले ल्याएको लोकतान्त्रिक शासन व्यवस्था अनुरूप व्यवस्था परिवर्तन भएता पनि अवस्था परिवर्तन हुन नसकेको,अधिकाश नागरिकहरूका सपनाहरू पूरा हुन नसकेको सहभागीहरूले बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख टंक नाथ खनालले विकासमा जनताको समान सहभागिता सुनिश्चित गर्नुपर्ने मान्यता लोकतन्त्रको सार रहेको बताउनुभयो । सामाजिक समावेशिता र विकासमा समताको अवधारणाले प्रवेश पाउनुलाई लोकतन्त्रको महत्वपूर्ण प्रभावको रूपमा लिने गरिएको छ । नागरिकले विकासमा आफ्ना आवश्यकतालाई उजागर र प्राथमिकीकरण गर्ने अधिकार लोकतन्त्रका सुन्दर पक्ष रहने खनालले बताउनुभयो ।
कार्यक्रमका प्रमुख वक्ता मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर रावलले २०६२र६३ सालको जनआन्दोलनको करिब ८ बर्ष पछि बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्नका लागि गठन भएको सत्य निरोपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग कहाँ छ रु भन्ने प्रश्न नै मुख्य रहेको बताउनुभयो । अहिले लोकतन्त्र दिवस १७ बर्ष पुग्दा समेत ती बेपत्ता भएका नागरिकहरूको छानविनका लागि गठन भएको समिति नै बेखबर रहेको बताउनुभयो । ती वेपता पारिएको नागरिकहरूको खोजि गर्नु सरकारले दायित्व रहेको पनि बताउनुभयो । पिडितले न्याय पाउनुपर्छ र पिडकलाई सजाय हुनुपर्दछ भन्ने मुल मुद्दालाई मानवअधिकारले अगाडी बढाएको बताउनुभयो । कुशासनले लोकतन्त्रलाई घटाउने र सुशासन लोकतन्त्रलाई बढाउछ । लोकतन्त्र बचाउने राजनीति दल हो । राजनीति दलले लोकतन्त्रको जगमा रहेको काम गर्नुपर्ने पर्ने र व्यवस्था मात्र परिवर्तन होइन जनताको मर्म र भावना अनुरूप काम गरि अवस्थामा परिवर्तन गर्नुपर्ने बताउनुभयो । जनयुद्ध दिवसलाई राष्ट्रिय एवम अन्तर्राष्ट्रिय रूपमा मान्यता पाउने गरि दिवसलाई फरक रूपमा नामकरण गर्नुपर्ने मानवअधिकार तथा शान्ति समाजको माग रहेको बताउनुभयो । लोकतन्त्र रहे राजनीतिक दलहरूको भविष्य रहने र लोकतन्त्र दलहरूको अस्तित्व नरहने प्रमुख वक्ता रावलले बताउनुभयो ।
कार्यक्रममा नेपाल काङ्ग्रेस पाल्पाका प्रवक्ता शोभाखर न्यौपाने,नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्र राज घिमिरेले नेपाली जनताले लामो प्रयास पछि लोकतान्त्रिक गणतन्त्रात्क शासन व्यवस्था पाए पनि अवस्थामा परिवर्तन हुन नसकेको बताउनुभयो । नेपालको आर्थिक र सामाजिक क्रान्ति सफल भएमा जनताको अवस्था परिवर्तन हुने बताउनुभयो । यस्का लागि अब राजनीति दलहरू सुधारिनु आवश्यक रहेको बताउनुभयो । गणतन्त्र विकल्प निर्दलीय व्यवस्था,राजतन्त्र व्यवस्था हुन नसक्ने बताउनुभयो । अहिले उपनिर्वाचनको जुन परिणाम आएको छ । यस्लाई आर्दशको रूपमा लिएर पाटीहरू सचिन आवश्यक छ । जनयुद्ध दिवस भन्दा राष्ट्रिय दिवसको रूपमा मनाउनु पर्ने बताउनुभयो । बेपत्ता पारिएका व्यक्तिहरूको अनुसन्धाका लागि गठित शक्ति निरूपण तथा मेलमिलाप आयोगलाई टुङ्गाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सचिव मथुरा ढकाल ,एकीकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष मोहन गैरे,राष्ट्रिय जनमोर्चाका पाल्पा अध्यक्ष विशाल दर्लामी,राष्ट्रिय स्वतन्त्र पाटीका प्रतिनिधि दिलिप घिमिरे,इतिहास विद निर्मल श्रेष्ठ,नेपाल शिक्षक संघका सभापति लक्ष्मण बस्याल,नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा,टोल विकास सस्थाको तर्फबाट सिर्जनशिल टोल विकास सस्थाका अध्यक्ष सरस्वती शर्मा ,राष्ट्रिय प्रजातन्त्र पाटीका जिल्ला अध्यक्ष डुल बहादुर कुवर मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य अरूण ज्ञवालीले अवधारणा पत्र प्रस्तुत गर्नु गर्नुभएको थियो । कार्यक्रम मानवअधिकार तथा शान्ति समाज पाल्पाका अध्यक्ष रेणुका देवकोटाको अध्यक्षता र सचिव सुशीला रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो । दिवसको अवसरमा तानसेनको सित्तल पाटीमा दिप प्रज्वलन गरिएको सस्थमाका उपाध्यक्ष सन्तविर बरालले जानकारी दिनुभयो ।













