नव वर्षमा अर्थतन्त्रमा सुधार आउनेमा घरेलु उद्यमीको विश्वास
नव वर्ष २०८० मा अर्थतन्त्रमा सुुधार आएर उद्योग तथा ब्यवसाय फस्टाउनेमा सरोकारवालाहरुले विश्वास ब्यक्त गरेका छन । वर्ष २०७९ मा आर्थिक मन्दीका कारण उद्योग तथा ब्यवसाय संकटमा परेको उद्योगीहरुले बताउँदै अर्थतन्त्र सुधारमा सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका छन । नेपाल घरेलु तथा साना उद्योग महासंघ रूपन्देहीले बिहिबार तिलोत्तमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिए अर्थतन्त्रमा सुधार हुन सक्ने बताएका छन । तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले महिला र युवालाई उद्यमीहरूलाई प्रोत्साहन र सहयोग गर्नको लागि नगरमा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका उहाँले कृषि उत्पादन बृद्विको आवश्यकता बताउँदै कृषिमा आधारित उद्योग सञ्चालनमा जोड दिनुभयो । नगरमा ३० विगा जग्गामा उद्योग ग्राम स्थापनाको लागि पुर्वाधार निर्माणको काम सुरु भएको जानकारी दिनुभयो । महासंघका केन्द्रीय उपाध्यक्ष नेत्र प्रसाद पाठकले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिए उत्पादनमा बृद्वि हुने र अर्थतन्त्रमा सुधार हुने बताउनु भयो । स्वदेशी उत्पादन प्रयोगमा उपभोक्ताले जोड दिए स्वदेशी उद्योग प्रबद्धनमा मद्धत पुग्ने उहाँले बताउनु भयो । महासंघका जिल्ला अध्यक्ष ध्रुवकुमार धितालले शुभकामना आदान प्रदान कार्यक्रममा भित्तेपात्रो बिमोचन गरिएको जानकारी दिनुभयो । लुम्बिनी प्रदेश महिला उद्यमी समितका कार्यबाहक अध्यक्ष सावित्रा टण्डनले अहिलेको आर्थिक मन्दीका कारण उद्योगधन्दा विस्थापित हुने अवस्था आए पनि संघर्षपूर्ण तरिकारले सञ्चालन गरिएको जानकारी दिनुभयो । उद्योगब्यवसाय पलायन हुनबाट रोक्नको लागि राज्यले पहल कदमी चाल्नु पर्ने शुझाँब ब्यक्त गर्नुभयो । महासंघका सल्लाहकार तेजकुमार पाठकले आर्थिक मन्दिले उद्योगीहरू अहिले अत्तालिएको बताउँदै संकटको खवस्थामा पनि उद्योगलाई बचाई राख्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग तिलोत्तमा नगर समितिका सचिब थानेश्वर चापागाईंले ब्याजदर र मुल्य बृद्विको मारमा उद्योगी र उपभोक्ता परेको गुनाशो पोख्नुभयो । सो अवसरमा महिला उद्यमी भिमसरा गदारी मगर लाई सम्मान गरिएको महासंघ लुम्बिनी प्रदेशका कार्यकारी अधिकृत मनोज भट्टराईले जानकारी दिनुभयो । घरेलु उद्यमीलाई प्रोत्साह गर्ने नीति अनुसार लाङ्घाली अचार उत्पादन गर्दैै आउनु भएकी मगरलाई सम्मान गरिएको भट्टराईले बताउनु भयो । महासंघका उपाध्यक्ष विष्णु थापाले महासंघले नयाँ वर्षमा सदस्य विस्तारसँगै नविकरण कल्याणकारी कोष स्थापना तथा कार्यविधि बनाउने जानकारी दिनुभयो ।











