पाल्पा,२९ चैत्र
माथागढी गाउँपालिका पाल्पाको आयोजनामा सहकारीहरूका लागि २ दिने सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली copomis software तालिम सम्पन्न भएको छ ।
सहकारी संस्था व्यवस्थापनका लागि २ दिने copomis software सम्बन्धी तालिम चैत्र २८ र २९ गते गरि सम्पन्न भएको हो ।
तालिममा पालिका भित्र कार्यक्षेत्र रहेका विभिन्न प्रकृतिका १७ वटा सहकारीका २९ जना सहकारी व्यवस्थापक तथा सहकारी कर्मचारीहरुको सहभागीता रहेको थियो । प्रविधिको प्रयोगबाट छोटो समयमा उत्कृष्ट कार्य सम्पादन तथा व्यवस्थापनमा सहयोग पुग्ने उदेश्यले सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली copomis software संचालन सम्बन्धी क्षमता अभिवृद्वी तालिमको आयोजना गरीएको गाउँपालिकाले जनाएको छ ।
समापन कार्यक्रमका बोल्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले यस्ता तालिमवाट सहकारी संस्थाहरुको कार्य संचालनमा बढी प्रभावकारिता रहने कुरा बताउनुभयो । चिदीले सहकारी संस्थाहरुको क्षमता विकास गर्नको लागि तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउदै तालिम पछि सहकारीहरु सहकारीको मुल्य मान्यता अनुसार सञ्चालन हुने धारणा राख्नु भयो ।
तालिमबाट गाउँपालिका र सहकारीको सम्बन्ध नजीक हुने,सहकारीहरु प्रविधि मैत्री हुने तथा आगामी दिनमा पनि थप प्रभावकारी रुपले अगाडी बढ्न् मदत पुगेको अध्यक्ष चिदीको भनाई थियो ।
विशिष्ट अतिथि तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले सहकारी संस्थाहरुको क्षमता विकास गर्नको लागि तालिमले औचित्य राख्ने बताउदै विभागको निती अनुसार पालिकाले सहकारीहरुका लागि तालिम आयोजना गरेको बताउनु भयो ।
तालिमका प्रशिक्षक तानसेन नगर पालिकाका सुचना प्रविधि अधिकृत तथा प्रशिक्षक प्रकाश गैरेले तालिम पछि सहकारीहरुलाई कार्यप्रगतिमा सहज हुने र यसबाट दोहोरो सदस्यता लिने प्रणली रोक्न,तथा मासिक विवरण राख्न सहकारीलाई सजिलो हुने बताउनु भयो ।
आर्थिक विकास समिति संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष तेज बहादुर घर्ती मगरले सहभागी सहकारी सबैलाई धन्यवाद दिदै तालिममा सिकेका कुरा सहकारीमा लागु गरी जनतालाई दिने सेवा गुणस्तरीय बनाउन आग्रह गर्नुभयो । संयोजक घर्तीले अयउयmष्क कयातधबचभ मा सहकारी सगँ सम्बन्धित धेरै काम गर्न सकिने हुनाले यसको प्रयोग सहकारीका लागि अनिवार्य रहेको बताउनु भयो ।











