बिराट पहारी
अर्घाखाँची, चैत २९
दोस्रो शितगंगा महोत्सव कृषि, पर्यटन, उद्योग व्यापार र रोजगार,आर्थिक समृद्ध आत्मानिर्भरताको मुल आधार भन्ने मुल नाराका साथ सुरु भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका ४ सानदहमा दोस्रो शितगंगा कृषि ,पर्यटन तथा औधोगिक व्यापार महोत्सव २०७९ मेलाको उद्घाटन कृषि मन्त्री बेदुराम भुसालले उद्घाटन गर्नुभएको हो ।
उद्घाटनमा बोल्दै मन्त्रि भुसालले किसानको लागत अनुसार उत्पादन बढाउन कृषिमा यान्त्रिकरण गर्न जरुरी रहेको बताउनु भयो । मन्त्रि भुसालले अब सरकाले दिदै आएको अनुदान प्रभावकारी नभएकाले त्यसको निगरानी र अनुगमनलाई तिव्र बनाउने बताउनु भयो ।
महोत्सवको उद्घाटन सत्रमा बिशिष्ट अतिथी लुम्बिनी प्रदेश सदस्य रामजी प्रसाद घिमिरे ,विशेष अतिथीहरुमा जिल्ला समन्वय प्रमुख जिव नारायण कोइराला, शितगंगा नगरपालिकाका नगर प्रमुख छबिलाल पौडेल ,प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनाल लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।
महोत्सवमा १२० स्टल रहेका छन् । १ महिला उद्दमिलाई निशुल्क स्टलको ब्यवस्था गरिएको छ । त्यस्तै जेष्ठ नागरिक र अपाङ्गता भएकालाई टिकट निशुल्क रहेको छ । १२ दिनसम्म चल्ने मेलामा करिब ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । दैनिक रुपमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारको प्रस्तुती सङ्गै सांस्कृतिक कार्यक्रम साथै दोश्रो शितगंगा डान्स आइडल संचालन हुने धोग बाणिज्य संघ शितगंगा का अध्यक्ष चिन्ताराज अधिकारीले वताउनु भएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रभातफेरी संगै विभिन्न झाँकी, सांस्कृतिक नाच, खेल प्रदर्शनी गरिएको थियो ।













