

कपिल अधिकारी
बुटवल चैत २९,
श्री नेवाः पुच नेवा समाज विकास परिषद्को २४औँ स्थापना दिवसको अबसरमा बुधवार बुटवलमा आयोजना गरिएको कार्यक्रम सम्पन्न भएको छ । स्थापना दिवसको उपलक्ष्यमा परिषद्ले आयोजना गरेको ट्रस सभाहल , उद्घाटन , क्यालेण्डर विमोचन , सहयोग दाता सम्मान एवंम् नव वर्ष २०८० सालको शुभकामना आदान प्रदान कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेले नेवार संस्कृति सबै नेपालीको संस्कृति भएको बताउदै नेपालको पुरानो संस्कृतिलाई जगेर्नामा बुटवलका संघसंस्थाहरुको योगदान महत्वपुर्ण रहेको बताउनु भयो । पाण्डेले नवाँ पुचको विकास गर्न आवश्यक सबै सहयोग गर्ने प्रतिवद्यता व्यक्त गर्नुभयो ।
यस्तै, नेवाः पुचका अध्यक्ष काजिमान श्रेष्ठले संस्थागत विकासमा आफू लागेको बताउनु भयो । संस्थाको भौतिक पुर्वाधार निर्माण गरि क्रियापुत्रीका लागि थप सुविधा बढाउने, अक्षयकोष र मुद्दती बचतमा रकम बढाउने, शाखा संस्थाहरु वृद्धि गरि सदस्यता वृद्धि गर्ने, मणिमुकुन्द सेन उद्यानमा शंखधर साख्वा पार्क निर्माण लगाएतका कामहरु गर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो । नेवाः पुच ः नेवा विकास परिषद्लाई थप क्रियाशिल बनाएर योजनाबद्ध काम गर्न सबै क्षेत्रको साथ सहयोग आवश्यक पर्ने अध्यक्ष श्रेष्ठले औल्याँनु भयो ।
कार्यक्रममा परिषद्को निवर्तमान अध्यक्ष ज्ञानु लिगल , सल्लाहाकारहरु लबकुस कमार श्रेष्ठ ,जिवन वझाँ , चिरञ्जिवी जोशी ,भिमसेन नेवा समाजका अध्यक्ष लिला श्रेष्ठ , नेवा समाज अर्घाखाँची रुपन्देहीका अध्यक्ष बाबुराम श्रेष्ठ , तामनगर नेवा पुचका अध्यक्ष टोप प्रसादश्रेष्ठ लगाएतको मन्तव्य रहेको थियो । कार्यक्रममा ट्रस सभाहल निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन परिषद्का सहसचिव मोति श्रेष्ठले गर्नुभएको थियो ।