
लेखक: शाेभा आचार्य गाैतम, लघु नियात्रा ५
यात्रा: काठमाडौ बाट पाल्पासम्म ।
मिति २०७९/११/२६ गते सुरु भएको यात्रा जन्म स्थान कुसुमखाेला पाल्पा सम्मकाे थियो । हामी २०४९ एस्.एल्.सि भवानी उच्च मा.वि. कुसुमखाेला पाल्पाको समूह, साथीहरूकाे तेस्रो मिलन कार्यक्रम काे लागि जान तय भएको थियो । जुन कार्यक्रम हामी साथीहरू बिच सल्लाह बमोजिम पहिला देखि गरिएको पहिलो, देास्राे कार्यक्रम २८ गते फागुन नै राख्ने र जन्मठाउँ पाल्पाको तानसेन श्रीनगरमा गर्ने निर्णय गरेका थियौँ। त्यसै अनुरुप काठमाडौबाट साथी तुलसा थापा र म जानकाे लागि निधाे गर्याै २०७९/११/२६ गते सुक्रबारका दिन कलंकी भेट भएर रात्री बस ७/३० बजे जाने भनी त्यसै अनुसार भेट भएर बस चढ्याैक । बस आफ्नै रफ्तारमा गुडिरहेको थियो । हामी दुबै जना गफ गर्दै बसिरहेका थियौँ यत्तिकै समय पनि आफ्नै रफ्तारमा थियो ।
बसमा टेलिभिजन पनि खाेलीएकाे थियो यात्रुहरु हेर्दै समय पास पनि गरिरहेका थिए । मलाई भनी त्यतातिर खासै ध्यान गएन आवाज बुझिएको पनि थिएन । १० बजेतिर नाैबिसेमा गाडी राेकिएकाे थियो कति यात्रुहरू खाना खानकाे लागि झरेका थिए तर हामी खाना घरमै खाएर आएका थियौँ । तैपनि यसाे झर्याैँ र फ्रेस भयौं । हामी चढेपछि बस अगाडि बढ्यो । निदाउने कोसिस गर्दै थिएँ तर निद्रा लागेको थिएन । तुलसा पनि निदाएकी थिईनन् तैपनि आँखा चिम्लिदै निदाए जसरी बसेका थियौँ । यात्रुहरू काेही गफ गर्दै थिए, काेही निदाएका थिए । घरिघरि यसाे आँखा निदाउन खाेज्थ्याे तर जागिहाल्थे । यसैगरी बस अगाडि बढ्याे र मुग्लिङ्गमा गएर फेरि राेक्याे एकछिन त्यहाँ पनि झर्याै र वासरुम गएर फेरि उही रात्रीकालिन रफ्तारमा अगाडि बढ्यौँ । यसैगरी हामी बिहानकाे ६ बजे बुटवल झर्याैँ । त्यहाँ दाजु बिमल आचार्य जो मेरो दाइ पर्नु हुन्छ र हामी सङ्गै पढेका पनि हाै, उहाँले यतै आउ दुबै जना भन्नुभयो । उहाँकाे कुरालाई नकार्न नसकेर हामी त्यहीँ गयौँ ।
हामी पुगेर नुहाइसक्दा भाउजूले चिया बनाउनु भएकाे थियोे । हामीहरू गफ गर्दै चिया खाँदै रमाइलो गरिरहेका थियौँ । खाना खाएर त्यहीँ नजिक रहेको मेराे सानीमाकाे घर पुगेँ । त्यहाँ मेरा भाइ, बुहारी, नानी बाबु बस्ने गर्छन् । सानीमा तराईमा बस्नु हुन्छ र कहिलेकाहीँ त्यहाँ पनि आउनुहुन्छ । बहिनीको घर पनि नजिकै छ । त्यसै अनुरुप म भाईकाे घरमा गएँ । भेटघाट गर्दै निकै रमाइलो भयाे र २७ गते म त्यहीँ बसेँ । साथीहरु सँग सल्लाह भए बमोजिम २८ गते फागुन हाम्रो भेटघाट कार्यक्रमकाे दिन विहान ७ बजे नै सबैजना बुटवलमा हुनुभएका साथीहरू भेट भएर सङ्गै जाने कुरा भएको थियो । त्यसै अनुरुप म विहान ५:३० मा उठेर नुहाई धुवाई गरेर ७ बजे तयार भई निस्कए ।
साथीहरू शंकर ज्ञवाली, कमल नेपाल, बिमल आचार्य, मनाेज नेपाल, श्रीधर नेपाल, तुलसा थापा, सरस्वती पराजुली, कमला कुवर, रेखा कार्की, शिव नेपाल आईसक्नु भएको थियो । सबै जना भेट भयाैँ र हामीहरु एक आपसमा गफ गर्दै,रमाइलो सङ्ग गयाैँ । बुटवलबाट पाल्पा जाने बाटोमा केराबारीमा गाडी राेकेर सबै जना चिया, पकाैडा, बटुक खायाैँ । त्यो ठाउँ पकाैडाहरुकाे लागि पहिल्यै देखि प्रख्यात छ र त्यहाँ यात्रा गर्दा नखाईकन चित्तै बुझ्दैन । यसरी रमाइलो गर्दै ९ बजे श्रीनगर पुग्यौँ । त्यहाँ पुग्दा याे कार्यक्रमकाे संयोजन सन्जय आचार्यले गर्नुभयो जो मेराे सानीमाकाे छाेरा भाइ पनि हाे र हामी सङ्गै स्कुल पढेका हाैँ । सन्जय आचार्य, मथुरा पराजुली, कमला लाम्टागे र कमल श्रेष्ठ मेरो दिदी फुपुकाे छाेरी गीता नेपाल आईसक्नुभएकाे थियाे । आहा नि सङ्गै बिद्यालय पढेका साथीहरू सङ्ग भेट्न पाउँदा एकदमै खुसी लागिरहेको थियो । एक वर्षमा भेटेका थियौँ । त्यहाँ क्याटरिङकाे व्यवस्था गरेका थियौँ । सबै साथीहरूको सल्लाह बमोजिम मथुरा तानसेनमै बस्ने भएकोले याे जिम्मा उनीले लिएकी थिईन । हाम्रो सल्लाह फाेनमा भईरहन्थ्याे । एकछिन पछि अर्को साथी नारायण कार्की, चित्र बहादुर थापा पनि आउनु भयो सबै जना एक आपसमा भलाकुसारी गर्याै, खाजा खायौँ नाच्ने, गाउने रमाइलो गर्दै दिन कटिरहेकाे थियो । यसैबीच कार्यक्रम गर्याै, आफ्नाे कुराहरु राख्ने, कुनै नयाँ कार्यक्रमको लागि याेजना बनाउने स्कुललाई पनि केही गर्ने ।
हाे हामीले माध्यमिक स्तरको पढाइ भवानी मा.वि. बाट सकाएका थियौँ । हाम्रो लागि प्यारो आफ्नाे घर जस्तै मायालु विद्यालय, गुरुहरुकाे याद हाम्रो मानसपटलमा ताजा थियोे र याे भेटले अझ ताजा गराएको थियो । सुरुदेखि नै मलाई बिधालयलाई केही सृजनसील काम गर्नुपर्छ भन्ने लागी रहन्थ्याे र साथीहरूको पनि कुनै राम्रो काम गर्ने साेचाई थियो । भेट मात्र भएर खासै औचित्य राख्दैन त्यसैले रचनात्मक काम पनि गर्नुपर्छ भन्ने धारणा थियो । हामीहरुकाे पहिलो कार्यक्रममा पनि हामीले कार्यलय सहयोगी कान्छा दाईकाे छाेरालाई औषधी उपचारको लागि सानो भएपनि रकम सहयोग गरेका थियौँ । अहिले पनि आफ्नाे बिचार राख्ने क्रममा म पुस्तक प्रकाशन र अरु के के गर्न सकिन्छ गराैँ भन्ने प्रस्ताव राखेँ । गीताले अक्षयकोष खाेलाैँ भन्नु भयो, कमल नेपालले २०४९ एस्.एल्.सि. लेखिएको स्तम्भ पानीको फाेहरा निकालेर बिचमा राख्ने बिधालय अगाडि र स्टेसनरी सामान बच्चालाई दिने ईत्यादि कुराहरु राख्नु भयो । सबै कुराहरु हामीले सुरुदेखि नै गर्ने भनेर राख्दै आएका थियौँ । यसरी हाम्रो छलफल अगाडि बढीरहेकाे थियो । याे कार्यक्रममा हाम्रो साथी लीला साेमै पूर्व सभासद पनि आएकी थिईन र खस्याैली वडाका अध्यक्ष नारायण कुवर साथी पनि आउनुभएकाे थियो । उहाँहरुलाई हाम्रो संयाेजक साथी सरस्वती पराजुलीले खादा ओढाएर सम्मान गरिन् र अर्को सालकाे कार्यक्रमकाे लागि दाजु बिमल आचार्यलाई संयाेजक बनाएर कार्यक्रम टुङ्गयायाैँ । खाना खायौैँ, फेरि एकछिन नाच्ने गाउने गर्याै र ५ बजे हामीहरु फर्किने तर्फ लाग्याैँ । बुटवल जाने साथीहरू जानुभयो । म र तुलसा भाइ सन्जयकाे गाडीमा साथी नारन, चित्र बहादुर, कमल श्रेष्ठ, भएर मेरो जन्म घर कुसुमखाेला तर्फ लागेँ । तुलसा पनि माईत बतासे गइन् । एकदमै रमाइलो लागिरहेको थियोे ।
त्यहाँ नगएको १० वर्ष भएको थियो । माईतिमा काेही हुनुहुन्न आमा,अंकलहरु सबै काठमाडौनै हुनुहुन्छ तैपनि सानीमा, सानाेबुवा अरु आफन्तहरू हुनुहुन्छ । ७ बजे पुगेर सानीमा सानाेबुवा नानी बाबू सबै सङ्ग भेट भयो, अत्यन्तै खुसी लाग्यो । अर्को दिन विहान उठेर सानीमा सङ्गै आफन्त सङ्ग भेट गर्न गए आफु हुर्केको ठाउँ घुम्न पाउदा अत्यन्तै खुसी थिएँ । सबै जना भेट्न पाउँदा झन खुसी थपिएको थियो । मेराे बालापन बिताएकाे घरमा गए, घर हेर्दा त्यहीँ बसाैँ, बसाैँ लागेको थियो, कति यादहरु थियो त्यो प्यारो घरमा । कति माया छ त्यो घरकाे बयान गरेर शब्दमा भन्न सक्दिँन । यसैगरि सबै आफन्तलाई भेट गरेर बिदा भई भैरवस्थान दर्शन गर्न जाने याेजना थियोे । १० बजेतिर तुलसा पनि बतासे बाट आउनुभयाे र सङ्गै भैरवस्थान मन्दिर गयाैँ । त्यहाँ प्रसाद चढाउन उँही राेट लिन पाईन्छ, फूल प्रसाद सबै लिगेर दर्शन गर्याैँ । पाल्पाको प्रख्यात मन्दिर हाे भैरवस्थान । त्यहाँ दर्शन गर्दा आनन्द आयाे र दर्शन गरेर हामी त्यहाँ बाट बसद्वारा तानसेन गयाैँ । तानसेन धु्र्वघाट मेरो मामा घर, भाइ लिन आए तानसेनमा । म त्यहाँ गए, मामा, माइजू, भाइ, भाइ बुहारी सबैलाई भेट गरेँ, रमाइलो भयो । २९ गते फागुन त्यहीँ बसेँ र ३० गते फेरि तानसेन गएर साथी मथुरा, तुलसालाई बाेलाएर तानसेन बजार घुम्याैँ र बेलुका फुपुकाे छाेरी गीता दिदीकाे घरमा गएँ । त्यो दिन त्यहीँ बसेँ । हामी एउटै उमेरका हाैँ सानैदेखि मिल्थ्याैँ, त्यसैले पनि एकदम रमाइलो भयाे । अर्को दिदी मन्जु पनि तानसेन नै हुनुहुन्छ उहाँलाई नि भेट गरेँ । १ गते फागुन मंगलबार बिहान तुलसा र म भेट भएर बुटवल हुदैँ त्यो दिन बुटवल बहिनीकाेमा बसेँ । सन्जाेगले सानीमा सानाे बुवा पनि आउनु भएको रहेछ । भेट भयाे रमाइलो सङ्ग बस्याैँ ।
फागुन २ गते काठमाडौँ फर्कीयाैँ र यसरी हाम्रो यात्रा टुङ्गियाे । साथीहरू सङ्गकाे मिठाे याद लिएर काठमाडौँ फर्कीयाैँ । याे कार्यक्रममा हामीहरू बिसजना साथीहरू भेट भएका थियौँ । आशा छ आगामी कार्यक्रममा अझै धेरै साथीहरू भेटहुनेछाैँ ।यसरी नै हाम्रो कार्यक्रमले निरन्तरता पाओस् भन्दै मेरो लघु नियात्रा यहीँ समाप्त हुन्छ।
जय भवानी ।