२७ चैत्र –
यहि चैत्र २९ गते परियार समाज गुठी पाल्पाले स्वर्ण महोत्सव मनाउने भएको छ । ५० औं बर्षका अवसरमा परियार समाजले स्वर्ण महोत्सव मनाउन लागेको हो ।
गुठिले सोमवार तानसेनमा पत्रकार सम्मेलन गरि स्वर्ण महोत्सव मनाउने जानकारी दिएको हो । स्वर्ण महोत्सवमा २०२९ सालदेखी गुठीको पदाधिकारीको रुपमा काम गर्ने ७५ जना व्यक्तिलाई समेत सम्मान गरिने भएको छ । स्वर्ण महोत्सवमा नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता सन्तोष परियार, गायक शिव परियारलगाएतको उपस्थिती रहने आयोजकले जानकारी दिएको हो । स्वर्ण महोत्सवका अवसरमा २८ गते मंगलबार तानसेनको श्रीनगरमा गुठी पुजा गर्ने कार्यक्रम रहेको र बुधबार बिहान झाँकी र्यालीसहित तानसेन नगरपालिकाको सभाहलमा स्वर्ण महोत्सवको उद्घाटन, पुर्नमिलन, बार्षिक प्रतिवेदन प्रस्तुत, सम्मान र सांस्कृतिक कार्यक्रम रहेको आयोजकले पत्रकार सम्मेलन गर्दे जानकारी दिएको हो ।
५० वर्ष अगी मृत्यू संस्कारलाई व्यवस्थित गर्न र खर्च कम गर्ने उदेश्यका साथ मृत्यू संस्कार समितिको नामबाट २०२९ सालमा स्थापना भएको गुठी २०३४ साल पछि मात्र परियार समाज गुठी पाल्पाको नामवाट संचालनमा आएको थियो। स्थापनाकालमा ५७ घरधुरीले प्रति परिवार १० रुपैंया उठाएर सुरु गरिएको गुठीमा अहिले ८२ घरपरिवार सदस्य रहेका समितिका अध्यक्ष तिर्थ गौतमले जानकारी दिनुभयो ।
गुठीका कोही सदस्यको मृत्यू भएको खण्डमा गुठीले अहिले ३० हजार रुपैंया घाट तथा क्रियाखर्च स्वरुप दिने गरेको गौतमले वताउनु भयो। हरेक घरधुरीले अहिले न्यूनतम १ सय ५ रुपैंया तथा आफ्नो गक्ष अनुसार पैसा गुठीमा उठाउने र पिडित परिवारलाई सहयोग स्वरुप दिने गरेको अध्यक्ष गौतमले जानकारी दिनुभयो । गुठीको स्थापना दिवसको ५० औं बर्षलाई एउटा नमुना उत्सवको रुपमा मनाउन थालिएको अध्यक्ष गौतमले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो।
स्वर्ण महोत्सवका अवसरमा परियार जातीका देशभरका ३ जना संघिय सांसद, ४ जना प्रदेश सांसद, उच्च पदस्थ व्यक्तिहरु पाल्पा आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रम संचालन गर्दे गुठीका महा सचिव सुजन कार्कीले यसै अवसरमा विभिन्न सामाजिक व्यक्तित्व, सामाजिक अभियन्ताहरुलाई समेत सम्मान गरिने जानकारी दिनु भयो ।