बुटवल ।श्री पश्चिम नहरपुर टाेल विकास सस्था बुटवल ११ नहरपुर रूपन्देहीकाे छैठौं साधारण सभामा सस्थाका अध्यक्ष वसन्त बहादुर थापाकाे अध्यक्षता तथा वुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा वाेल्दै वडा अध्यक्ष खनालले टाेल सस्थाहरू नै देश विकास निर्माणकाे जग हाे । जग नै वलियाे नभय कुनै पनि विकास निर्माण कार्य सफल हुन सक्कदैन त्यस कारण टाेल विकास सस्थाहरूलाई अझै वलियाे वनायर लानु पर्नेमा जाेड दिनु भयाे । साथै टाेल सस्थालाई केही सहयाेग चाहियमा वडा कार्यालय तथा बुटवल उपमहानगरपालिका तयार रहेकाे समेत जानकारि दिनु भयाे । कार्यक्रम समाजसेवि जित बहादुर मल्ल वडा सदस्य नकुल शाहि,समाजसेवी डिवि गुरूङ नहरपुर मा वि का प्राचाय दिनानाथ भट्टराई ,आशिस सुर्यवसि,गणेश पाेखरेल,लक्ष्मण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा टाेलका पुराना वासिन्दाहरूलाई सम्मान समेत गरिएकाे थियाे । कार्यक्रम सस्थाका उपाध्यक्ष वविता महतकाे स्वागत मन्तव्य रहेकाे थियाे भने सस्थाका सचिव नन्दलाल पाेख्रलेलले सञ्चालन गरेका थिए ।













