पाल्पा।धवल पुस्तकालय पाल्पा को आयोजनामा साहित्यकार डा. टंक पन्थद्वारा लिखित पाल्पा को साहित्येतिहास र अन्य समालोचना संग्रहको शनिवार एक कार्यक्रमका बिच लोर्कापर्ण भएको छ । जिल्ला समन्वय समिती पाल्पाका प्रमुख टंक खनालले पुस्तकको लोर्कापर्ण गर्दे संगै पढेको सहकर्मीद्वारा लिखित संग्रहको बिमोचन गर्न पाएको मा खुशी व्यक्त गर्नु भयो। खनालले लेखक पन्थ साहित्यमा सुरु देखि नै कलम चलाउदै आउनु भएको र आगामी दिनहरुमा समेत यस्ता राम्र साहितीक लेखहरु पढ्न पाइयोस भन्दै थप प्रगतिको कामना गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि त्रिभुवन बहुमुखी क्यम्पसका प्रमुख टंक भट्टराईले क्याम्पसमा साहित्यकारको जमात बढेकाले अब प्राध्यापक संख्या पनि बढ्नु पर्ने मा जोड दिनु हुँदै लेखक पन्त संग्रह प्रकाशित गर्न अतुलनीय मेहनत गर्नु भएकोमा प्रसम्सा गर्दै बधाई दिनु भयो।
कार्यक्रममा डाक्टर शंकर गैरेले पुस्तक माथी समिक्षा गर्नु भएको थियो। कार्यक्रममा बक्ताहरुले संग्रह माथी चर्चा गर्दै लेखकलाई बधाई दिएका थिए। सन्तोष खनालको स्वागत मन्तव्य, पुस्तकालयका अध्यक्ष युवराज पौडेलको सभापतित्व र राजेश अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।













