पाल्पा जिल्लाबाट चार हजार पाँच सय ४६ जना विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी भएका छन् । जिल्लाभर परीक्षा केन्द्र २७, सहभागि विद्यालय १ सय ३७ सामुदायिक ११ प्राविधिक धार सहित १ सय १७, संस्थागत २० वटा विद्यालयबाट सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले जनाएको छ । केन्द्राध्यक्ष २७, सहायक केन्द्राध्यक्ष ३१, निरिक्षक २२६, सहायक कर्मचारी ४६, विद्यालय सहयोगी ९१, सुरक्षाकर्मी १ सय ३५ जना खटिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनु भयो । सुवेदीले रानीमहललाई जानकारी दिए अनुसार पाल्पा जिल्लामा यस वर्ष जम्मा परीक्षार्थी ४ हजार ५ सय ४६ जसमा छात्र २ हजार २ सय ८९ छात्रा २ हजार २ सय ५७, प्राविधिक धारतर्फ जम्मा विद्यार्थी २ सय ३९ जना रहेका छन् जसमा छात्र १२४, छात्रा ११५, ग्रेडवृद्धि १ सय १४ छात्र ३९, छात्रा ७५ जना रहेका छन् । २ जना कारागार र २ जना दृष्टिविहिन परीक्षार्थी रहेका छन् ।
सबैभन्दा बढी विद्यार्थी संख्या भएको परीक्षा केन्द्र दरैठाटी मावि रामपुर २ सय ८६, सबैभन्दा कम दर्लमडाँडा माविमा ६८ जना रहेका छन् । यस वर्ष पाल्पा जिल्लामा सबैभन्दा बढी जनता माध्यमिक विद्यालय तानसेनबाट एसइईमा सहभागि हुने विद्यालयका शिक्षक रामप्रसाद ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार जनता माविबाट साधरण तर्फ १४६, प्राबिधिक तर्फ २५ र खुल्ला तर्फ २० गरी १ सय ९१ जना विद्यार्थी सहभागी हुँदैछन् । शिक्षा विकास तथा समन्वय इकाइ, पाल्पाका अनुसार जिल्लाका विभिन्न २७ केन्द्रबाट चार हजार पाँचसय ४६ विद्यार्थीहरु सहभागि हुँदैछन् । यि विद्यार्थीहरु १ सय ३७ वटा विद्यालयबाट एसइइ परीक्षामा सहभागी हुने भएका हुन् ।
एसइइ परीक्षा मर्यादित र शान्तिपूर्ण बनाउन आवश्यक तयारी गरिएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले बताउनुभयो । यस वर्ष पाल्पाबाट फरक क्षमताका अपाङ्गता भएका २ जना परीक्षार्थीहरू रहेको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले रानीमहललाइ जानकारी दिनुभयो । उहाँका अनुसार कारागारमा समेत २ जना परीक्षार्थीले इसइइ दिने भएका छन् । प्राविधिक सहायक बमबहादुर थापाका अनुसार सबै केन्द्रमा केन्द्राध्यक्ष तोक्ने र आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले शान्तभएर परीक्षामा आउन समेत सबै विद्यार्थीमा आग्रह गर्नुभयो । यस वर्षको एसइइ १७ गते शुक्रवारदेखि सुरु हुने गरि तालिका प्रकाशन भएको छ













