नवराज ज्ञवाली चैत्र १६ पाल्पा नेपाल तेक्वान्दो संघको साधारण सभा सम्पन्न भएको छ ।
नेपाल तेक्वान्दो संघ पाल्पाको साधारणसभा समारोहमा संघका कानुनी सल्लाहकार नारायण प्रसाद ज्ञवाली,डोलराज गौतम,नवराज ज्ञवाली, कमल पौडेल,गणेश भाट क्षेत्री,निराजन बिक्रम कार्कीले कार्यक्रममा आतिथ्यता ग्रहण गर्नुहुदै नेपालमा खेलकुदको इतिहास र विकासको चर्चा गर्दै तेक्वान्दो खेलले पुर्याएको महत्वपूर्ण योगदानको विषयमा बोल्नुहुदै खेलाडीहरूलाई राज्यले दिनुपर्ने सम्मान सुविधा नभएकै कारण पनि सोँचेअनुसारको फड्को मार्न नसकेको बताउँदै उहाँहरूले निजी प्रयासले मात्र नपुग्ने भन्दै त्यसका लागि सरकारले खेलकुदमा पर्याप्त लगानी गर्न सक्नुपर्ने बताउँदै शुभकामना ब्यक्त गर्नुभएको थियोे। साधारण सभाको अवसरमा जिल्लाबाट प्रदेश तेक्वान्दो खेलका लागि छनौट हुन सफल बिद्यार्थी हरूलाई शुभकामना दिदै सम्मान गरिएको छ।
सम्मानित हुने बिद्यार्थीहरुमा छात्रातर्फ कृष्टिना थापा,पूर्णिमा जिसी र विन थापा सम्मानित हुनु भएको हो। त्यसैगरि छात्रतर्फ कृष्ण राउत,धिरज जिआर र हितेश सुनार सम्मानित हुनुभएको छ। कार्यक्रममा उत्कृष्ट प्रशिक्षण गरेको भन्दै प्रशिक्षक बिनोद घर्ती मगर,किशोर गाहा,प्रवेश कार्की,ऋषि मुनि सुनार र निकेश श्रेष्ठ सम्मानित हुनुभएको छ।
नौ सदस्यीय कार्यसमिति रहेको संघको अध्यक्षमा सागरमान महर्जन,युगनारायण थापा उपाध्यक्ष, श्रीकृष्ण पोखरेल सचिव,गोपालजंग रायमाझी सह(सचिव,भूपाल आले कोषाध्यक्ष र सदस्यमा मिथ्लेस विष्ट,सुमन गहतराज, हुमा थापा,भावना सारू रहनुभएको छ। कार्यक्रममा अध्यक्षको आगामी कार्यक्रम सहितको प्रगति प्रतिवेदन सचिवको संघठानिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियोे ।
नेपाल तेक्वान्दो संघ पाल्पाको साधारण सभा कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सागरमान महर्जनले गर्नुभएको कार्यक्रममा उपाध्यक्ष युग नारायण थापाको स्वागत र संघका सचिव श्रीकृष्ण पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।













