चैत्र १६,बुटवल ।सिद्धेश्वर लालाकुमारि मावि बुटवल ७ दिपनगर रूपन्देही विधालय व्यवस्थापन समिति एवम् शिक्षक अभिभावक सघको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सो अबसरमा वडा अध्यक्ष पदम गाहाको अध्यक्ष्यता तथा वुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै खनालले यस्ता सामुदायिक बिधालयहरुको स्तर उन्नतीका लागी स्थानिय सरकार लागि परिरहेको छ र आगामि दिनमा पनि शिक्षा क्षेत्रको बिकासका लागि हाते मालो गरेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा माओवादी नेता बामदेव क्षेत्रि,युवराज गिरि,उमाकान्त वस्याल लगायतले बोलेका थिए । बिद्यायलय व्यवस्थामा सागरप्रसाद न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन तथा कृष्ण प्रसाद ज्ञवालिको अध्यक्ष्तामा ११ सदस्यीय समिति गठन गरिएको छ । कार्यक्रमको सञ्चालन विध्यालयका प्र अ दिनानाथ गिरिले गर्नु भएको थियो ।













